कोशी प्रदेश प्रहरी कार्यालयद्वारा मातहतका कार्यालय प्रमुखहरुलाई भर्चुअल माध्यमबाटै आवश्यक निर्देशन

0
148

पथरी शनिश्चरे,
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङ मातहतका कार्यालय प्रमुखहरुलाई भर्चुअल माध्यमबाट हालको बिद्यमान परिस्थितिलाई मध्यनजर गरी काम गर्न निर्देशन दिनुभएको छ।


बिहीबार एक कार्यक्रमको आयोजना गर्दै कोशी प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले आवश्यक निर्देशन दिनुभएको हो।
उहाँले हालको बिद्यमान परिस्थितिलाई मध्येंनजर गरी प्रहरीले काम कार्बाही गर्नुपर्ने , आचरण व्यवहार सम्बन्धि कानुन बमोजिम अगाडि बढ्नु पर्ने र जनभावना अनुसार कार्य(संपादन गर्न समेत उक्त प्रदेश प्रहरी कार्यालय तथा मातहतमा रहेका प्रहरी युनिट ईन्चार्जहरुको उपस्थितिमा आवश्यक सल्लाह( सुझाव सहित निर्देशन दिनुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here