दाजुभाइको द्वन्द्व

0
92

निमान्श बाबु आमाको पेटमा आफ्नो भाइ छ भन्ने सुन्न साथ धेरै खुशी भएको थियो । उसले प्राय सोध्ने गर्दथ्यो– ‘आमा भाइ कहिले आउँछ ?’ आमा भन्ने गर्थिन्– ‘भाइ अब नौ महिना पूरा भएपछि आउँछ बेटा ।’ ऊ पुनः सोध्थ्यो– ‘आमा म भाइसँग गएर खेल्छु नि । प्लिज आमा ।’ आमा मुसुमुसु हाँस्दै उत्तर दिन्थिन्– ‘कसरी खेल्छौ बेटा ? तिमी गयौ भने म एक्लै हुन्छुनी ।’ ऊ आमाको अगाडि उभिँदै निर्धक्क भन्यो– ‘अनि आमा म भाइसँग गएर खेल्छु है । हजुरसँग त पापा हुनुहुन्छ नि ।’ अनि आफ्ना कलिला दुई हात जोड्दै नमस्ते गरी ऊ फेरि भन्छ– ‘आमा प्लिज, प्लिज आमा वान टाइम जान्छु नि ।’
आफ्नो छोरालो कपाल खेलाउँदै फिस्स हाँस्दै आमा सोध्छिन्– ‘तिमी अनि कसरी जान्छौ त बेटा भाइसँग ?’ ऊ आफ्नो हातले आमाको मुखमा लगेर इशारा गर्दै भन्छ– ‘मलाई खाइस्यो आमा यहाँ मुखबाट अनि म भाइसँग गएर प्ले गर्छु हस् ।’ आमा आफ्नो पेट मिची–मिची हाँस्दै त्यो कुरा मलाई सुनाउँछिन् । म पनि सुनेर ट्वा परे । असम्भव कुरो गर्न सक्ने त मेरो छोरो नै होला भनी खुब हाँसे । अनि पटक–पटक सोध्दो भए ‘बाबु अनि भाइसँग कसरी जान्छौ ।’ ऊ फेरि त्यही कुरा दोहो¥याउँदै भन्थ्यो– ‘मलाई मुखबाट आमाले खानु अनि म जान्छु नि पापा ।’

सुन्दा पनि रमाइलो लाग्ने बाल स्वभाव र अबोधपन । उसको मिठासपूर्ण प्रेम अनि न्यानोपन भाइ प्रति । उसको द्वन्द्व भाइसँग भेट्नलाई चलिरह्यो । दिनहरु बित्दै गए । एक्कासी आमाको पेट दुख्न थालेपछि बाबु स्कूल गएको बेलामा डाक्टरको क्लिनिक हामी गयौं । डाक्टरले तुरुन्त भर्ना गर्नुपर्ने अनि शल्यक्रिया गर्न पर्ने सुझाव दिनुभयो । त्यही अनुसार उनलाई मैले गाइनो वार्डमा भर्ना गराएँ । शल्यक्रिया दिउँसोको ३–४ बजे हुने भनी समय तोकियो । बाबुलाई स्कूलबाट हस्पिटल ल्याएर मैले भने– ‘बाबु आज भाइ आउने दिन । आमालाई भाइसँग खेल्छु भनेको हैन ? अब आज भाइ आउँछ नि अनि खेल्नु ।’

‘आज हैन टेन मन्थ्समा’ आफ्नो जिउ बटार्दै लजाएर बाबु जवाफ दिन्छ । उसलाई आमाले नौ महिनापछि भाइ आउँछ भनेकिले सायद त्यसो भनेको हुनुपर्छ मेरो बुझाईमा । एकछिनसम्म उसले आफ्नो अडान कायम राख्यो, लजायो अनि अन्तिममा विस्वस्त भयो । उको आमालाई अपरेशन थिएटरमा लानलाई ह्वील चियरमा तयारी गरियो । ‘आमालाई माया गर बाबु ।’ म उसलाई भन्छु । ऊ आमालाई माया गरी ‘कहाँ जाने आमा’ भन्दै ह्वील चियरको पछि–पछि दौडिदो भयो । ‘म भाइ लिएर आउँछु है बाबु’ –आमा बाबुको कपाल सुम्सुम्याउँदै माया गरेर अपरेशन थिएटरमा छिर्छिन् । बाबु पापा अनि बुवामामु, मम्मा अनि बाबाहरुसँग बाहिर बस्न बाध्य हुन्छ । ऊ भित्र जान नमिलेपछि आमा जाने भन्दै एकछिन जिद्दी गर्न थाल्छ ।

ढोका लागेको छ अनि ढोकाको माथि लेखिएको छ– ‘अपरेशन थिएटर’ त्यसैको छेउमा लेखिएको छ– ‘कृपया शान्त भएर बसिदिनुहोला’ त्यो लेखाइ प्रति हामी सबै शान्त थियौं भने बाबुको चाहिँ द्वन्द्व चलिरहेको थियो । घरी–घरी ऊ त्यही ढोकाभित्र हेर्दै– ‘पापा, आमा अनि भाइ कति बेला आउने ?’ भन्दै हल्ला गर्दो भयो । ऊ घरि यता कुद्छ घरी उता । अनि अपरेसन थिएटर बाहिरको ढोकामा पुग्दै कोही नर्स डाक्टरभित्र बाहिर गर्दा टुलुटुलुभित्र कौतुहुलता साथ हेर्दै गर्छ अनि फेरि म सँग आएर भन्छ– ‘पापा…कति टाइम हौ भाइ आउने ?’ म उसलाई अँगाल्दै कौतुहलताका साथ भित्र हेर्दै भन्ने गर्थे– ‘अब बेला भयो बाबु तिमी वान टु हन्ड्रेड काउन्ट गन भाइ आउँछ ।’

लामो अन्तरालपछि नर्सले भाइ हातमा च्यापेर ल्याइन् । मैले उत्सुकताका साथ निमान्श बाबुलाई बोके अनि ऊ पनि औधी खुशी भएर हेर्दो भयो । मख्ख प¥यो अनि लजाउँदै मेरो काँधमा शिर लुकाएर लुटुलुटु गर्दो भयो बाबु । उता सानो छोरा भने एउटा समर ब्लेन्केटमा बेरिएर ल्याएकी थिइन् नर्सले म भने उसको पहिलो हेराइमा क्षितिजमा हराए झैं हुन पुगे । कति मनमोहक कति आनन्दमयी, निश्चल आँखा कोमल शरीर अनि मसिनो अनुहार । म भने मन्त्रमुग्ध हुन पुगेँ । सानो छोरालाई हामीलाई दिएर आमासहित केही समयपश्चात् पोस्ट अपरेशन वार्डमा सारियो ।
त्यहाँबाट भने बाबुको भाइसँग भेट्ने समयको द्वन्द्व शुरु भयो । त्यसदिन आमालाई त्यही राखेर म निमान्श बाबुलाई घर लिएर आएँ । ऊ घरमा सुत्यो ऊ निदाएपछि म अस्पताल कुरुवा बस्न गएको थिएँ । नभए त ढुक्क बबिता दिदी नै त्यहाँ वार्डमा बस्नुभएको थियो । उता रातभर थकाईका कारण म बाहिर निदाउन पुगेछु । दिदी भने वार्डमा बसेर नानीण्लाई स्याहार गर्नुपर्ने भएकाले रातभर अनिदो बस्नु भएछ ।

ज्वाइँसाब नुरुले दाल खान्छे रे । मैले नमूना (माईली दिदी)लाई भनेको छु लिएर आउनु न है ।’ आँखा खोल्दा बल्ल थाहा भयो बिहानको साढे चार भएछ । ‘हस म हिँडीहालेँ’ आँखा मिच्दै म वेटिङ्ग हलबाट बाहिर निस्किएँ । घर पुगेर नुहाइधुवाई गर्न छिर्दा बाबु बाथरुमको ढोकामा उभिएर पर्खी रहेको थियो । म ऊ निदाएपछि अस्पताल गएको थिए भने ऊ उठ्नु अघि घर आइपुग्दा आफू बचेको अनुभव गरे । नत्र कति झगडा गथ्र्यो होला । म तयार भएको देखेर बाबुले भन्यो– ‘पापा म पनि भाइ हेर्न हस्पिटल जाने ।’ उसलाई ‘हस बेटा तर तिमीले पानी पिउनुपर्छ, पि (सु) गर्न जानुपर्छ अनि खाजा खानुपर्छ अनि मात्र है ।’ भनेर सम्झाएँ । सधैँ यी तीन काम उठनासाथ आनाकानी गर्ने बाबु नभन्दै १०–१५ मिनेटमा आफ्नो काम सकेर म सँग कपड फेरेर तयार हुँदो भयो । अनि लाग्यौ हामी भाइ भेट्न । उसको मुहारको खुशी र उज्यालोपन आमा अनि भाइ भेट्न हेर्न लायकको थियो ।

अस्पतालको पोस्ट अप वार्ड अगाडि हामी बाउछोरा उभियौं । त्यहाँको वातावरणमा खुशी साथ बाबु म सँग आमा भेट्न भित्र छिर्न लागेको थियो । त्यतिकैमा उसलाई सधैँ मन पर्ने पुलिस ( गार्ड) अंकलले ‘नानीहरु भित्र लान मनाही छ’ भनेपछि उसको आमा भेट्ने कुरा सपना झैं भयो । भाइसँग पनि भेट्न उसको समयसीमा टाढियो । ऊ म सँग दिनभर बाहिर बस्दो भयो । उसको बिहानबाट आमा अनि भाइ भेट्ने उत्सुकता सायद मर्दै गयो । उसको अबोधपन अनि मानसिक अवस्था म पढ्न सकिरहेको थिए, तर के गर्नु उसले चाहे जस्तो आमा अनि भाइ भेट्न पर्खिनु बाहेक अन्य केही उपाय थिएन ।
बिहान ५ः३० बाट म सँग अस्पतालमा भाइ अनि आमा भेट्न हिँडेको कलिलो ५ बर्ष पूरा हुन लागेको छोरोको आशय म बुझ्न सक्थेँ । मनमा भावुक थिए, तर बाध्यताले केही गर्न सकिनँ । एक पटक बाहिर निस्किँदा उसले भन्यो पनि– ‘पापा मलाई हस्पिटल अनि पुलिस अंकल मन परेन ।’ म गाडी कुदाउँदै गर्दा उसको कपाल सुम्सुम्याएँ अनि बिनम्र हुँदै सोधे– ‘किन बाबु ? भाइ भेट्न पाएनौ अनि हो ?’ ऊ म तर्फ हेर्दै आँखाका भावले भन्यो– ‘हो अनि झन् आजभित्र जान दिनुभएन ।’ म आफ्नो आँशु थाम्ने प्रयास गर्दै उसलाई भरे आमा वार्डमा सार्ने हो अनि आज भेट भैहाल्छ नि भाइसँग भने ।

ऊ केही बोलेन अनि हामी फेरि अस्पताल पुग्यौं । त्यहाँ निकै समय बस्यौं अनि बाबुलाई घर ल्याएर केही समय छाडे । त्यसपश्चात् आमा अनि नवजात सानो संसारलाई क्याविनमा सार्ने व्यवस्था मिल्यो र हामीले क्याविनमा सा¥यौं । आमा अनि बच्चाको दुबैको अवस्था सामान्य थियो । अनि घर आएर बाबुलाई क्याविनमा लिएर गएँ । अस्पताल पुगेपछि ऊ आमासँग लुटपुटियो । करिब २५ घण्टापछि ऊ आमाको करिब गएर हेरेको थियो अनि आमासँग मिल्दो भयो । तर, उसलाई अस्पतालमा पाएको भाइसँग भेट्ने कठिन समयका कारण ऊ भाइलाई पुलुक्क हे¥यो तर नजिक गएर खेलाएन पनि । ऊ टाढा–टाढा बस्यो । यस्तो लाग्थ्यो कि उसको भाइप्रति कुनै किसिमको चित्त दुखाइ छ । उसको मौन बिरोध छ, अस्पताल प्रशासनप्रति वा पुलिस प्रति । तर, म भने उसको बिहानबाटको भाइसँग भेट्ने कौतुहुलता मेटिएको कारण ऊ त्यसरी परिवर्तन भएको होला भन्ने लाग्यो ।

उसको र आमाबीचमा भाइ आएकोले पनि हुन सक्छ ऊ भाइसँगको मायामा द्वन्द्वमा रहेको । उनीहरु बीच त्यसरी नै मौन अवधि चलिरह्यो तीन–चार दिन । तर, एकदिन ठूलो बाब् आमालाई भन्दै रहेछ– ‘आमा म भाइ बोक्छु अनि माया गर्छु हस् ।’ ऊ खाटमा पलेटी कसेर बस्दै आफ्नो हातमा सानो भाइलाई बोल्दै माया साट्छ । अनि यसरी निरन्तर केही दिनदेखि चलिरहेको द्वन्द्व अन्त्य हुन्छ । अनि नयाँ युगको शुरुवात हुन्छ । दाजुभाइको भाइचाराको युग, प्रेम अनि सद्भावको युग, द्वन्द्व समाप्त भएर शान्तिको युग ! नयाँ जीवन नवजात शिशुसँगको सहकार्यको युग ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here