चामल निर्यातमा प्रतिबन्ध हटाउन भारतलाई आग्रह

0
54

काठमाण्डौं ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतलाई चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको छ ।

आईएमएफले चामल निर्यातमा लगाइएको प्रतिबन्धले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो । भारत सरकारले गत जुलाई २० मा गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

कोषका प्रमुख अर्थशास्त्री तथा अनुसन्धान विभागका निर्देशक पियर ओलिभर गौरिनचासले गत मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ सार्वजनिक कार्यक्रममा भने, ‘यस्ता प्रतिबन्धले बाँकी विश्वमा खाद्यान्नको मूल्यमा उतारचढाव बढाउने र प्रतिशोधात्मक कदम चाल्ने सम्भावना रहन्छ, जुन विश्वव्यापी रूपमा हानिकारक हुन सक्छ ।’

आईएमएफले यस वर्ष भारतको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here