लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

0
40

झापा।

झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरी पक्राउ गरेको छ ।

लागूऔषधको बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचना प्राप्त भएसंगै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ को एक घरबाट कमल गाउँपालिका–४ का ३५ बर्षीय सुमन श्रेष्ठ, गौरादह घर भई दमक नगरपालिका–५ का २७ बर्षीय सरोज सुब्बा र सरोजकै श्रीमती ३२ बर्षीया मिना राईलाई ८ ग्राम ब्राउनसुगर र तीन थान मोवाइल सहित पक्राउ गरेको हो ।

यसैगरी झापाकै मेचीनगर नगरपालिका–६ मेची पुल छेउबाट बिर्तामोड नगरपालिका–४ का २० बर्षीय महममताज अलि २ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका अलीलाई चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद भएसंगै प्रहरी टोलीले पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here