‘कामिनो’ निर्माण अन्योल, ‘काजी’ तिर ढल्किइन् वर्षा

0
104

काठमाडौं,

गएको एक वर्षमा व्यक्तिगत जीवनमा ठूलो उतार-चढावको सामना गरेकी अभिनेत्री वर्षा सिवाकोटीले २ वर्षको विश्रामपछि फिल्म ‘कामिनो’ साइन गरेकी थिइन् । उनले पहिलो पटक अभिनेता प्रदीप खड्कासँग काम गर्दै थिइन् । असारबाट छायांकनको तयारी गर्दै वर्कसप समेत भयो । तर, अब फिल्मको निर्माण नै अन्योल बनेको छ । एकपछि अर्को कलाकारले फिल्म छाडिसकेका छन् ।

‘कामिनो’को निर्माण अन्योल बनेपछि वर्षा लक्ष्मण रिजालको निर्देशनमा बन्न लागेको फिल्म ‘काजी’ तिर ढल्किएकी छन् । उनले यो फिल्म सम्झौता गरिसकेकी छन् । उनले अब आफू ‘काजी’मा काम गर्न लागेको बताएकी छन् । तर, उनले ‘कामिनो’ छाडिसकेकी छैनन् । आगामी भदौबाट छायांकनमा जान लागेको ‘काजी’को आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकिएको छ ।

फिल्ममा वर्षाका साथै विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्कीको पनि अभिनय रहनेछ । वर्षाको जोडीका लागि अभिनेताको टुंगो लागिसकेको छैन । सुनिल मानन्धरको श्रीराम बालाजी पिक्चर्सले वितरण गर्ने फिल्मको छायांकन करिब १ दशक अगाडिको बेलायती परिवेशमा गरिनेछ । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मको निर्माता रामप्रसाद रिजाल हुन् ।

वर्षाले मुख्य भूमिकामा नभए पनि गत बैशाखतिर ‘पशुपति प्रसाद २ : भष्मे डन’मा काम गरेकी थिइन् । यसको अघिल्लो श्रृंखलामा उनको अभिनय रहेकाले त्यसको ‘कनेक्सन’ देखाउनका लागि सिक्वेलमा उनले छोटो भूमिकामा अभिनय गरेको जानकारी प्राप्त छ । अघिल्लो वर्ष वर्षाको ‘मनसँग मन’ र यस वर्ष ‘ए साथी सुन’ रिलिज भैसकेको छ भने आगामी दशैंमा ‘परदेशी २’ रिलिज हुँदैछ ।-फिल्मीखबर,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here