जसले महेन्द्र पार्कको मुहार नै फेरिदिए…

0
107

पार्थ मण्डल,
झापा ।

झापाको सदरमुकाम भद्रपुर नगरपालिका(८ स्थित महेन्द्र पार्क (बाल उद्यम) बगैँचाभित्र बोटबिरुवाको बनावट र सजावटको सौन्दर्यीकरण देखेर अहिले जो कोहीको मनमा एउटै प्रश्न उब्जिरहेको छ ।

बगैँचामा बोटबिरुवाको बनावट र सजावटको कलात्मक सौन्दर्यीकरण गर्ने मान्छे कहाँको हो रु ती मान्छेलाई भारतबाट ल्याएको हो र रु पार्कभित्र घुम्न जाने यी वाक्य एक÷दुई जनाको मात्र होइन । अधिकांशको जवाफ यस्तै पाइरहेको पार्कमा माली पदमा कार्यरत करार कर्मचारी अमृत थापा सुनाउँछन् । अनि अमृत हाँस्दै, मुस्काउँदै सोध्नेहरूलाई जवाफ फर्काउँछन्, बोटबिरुवाको बनावट मैले आफै गरेको हुँ । ‘मेरो यो कुरा सुनेर कोही पत्याउँछन्, कोही नपत्याए जस्तो गरेर हाँसेर उडाइदिन्छन्,’ उनले सुनाए ।

भद्रपुर– ८ स्थित महेन्द्रनगर चोक निवासी २९ वर्षीय अमृत बाल्यकालदेखि नै बोटबिरुवा स्याहारसुसार गर्ने काममा बढी रुचि राख्थे । अरूको घरमा ढकमक्क फूल फुलेको देखेपछि आफ्नो घरमा पनि फूल फुलाउने चाहना उनको मनमा जागिहाल्थ्यो । र, घरमा फूलका बोटबिरुवा ल्याएर रोपी हाल्थे र त्यसलाई स्याहारसुसार गर्दै रमाउँथे पनि ।

अमृत त्यसबेला वीरेन्द्र मावि चन्द्रगढीमा अध्ययनरत थिए । पारिवारिक समस्यासँगै गाउँमै विदेश जाने लहर चलेको थियो । ‘त्यही लहरको सिलसिलामा पढाई छाडेर वैदेशिक रोजगारीमा जाने निधो गरे,’ अमृतले सुनाए । कक्षा १० को सेनटप परीक्षाको रिजल्ट नै नपर्खिएर १७ वर्षकै उमेरमा अमृत सन् २००८ मा खाडी मूलक मलेसिया उडे । मलेसियामा अमृतले जापनिज (जेएफकेएल) कम्पनीमा काम गर्ने अवसर पाए । ‘जेएफकेएल कम्पनी एउटा बोटबिरुवा उत्पादन गर्ने नर्सरी थियो,’ अमृतले भने, ‘त्यो नर्सरी यति ठुलो थियो कि त्यहाँ २० हजार मजदुर काम गर्थे ।’

त्यस कम्पनीमा काम गर्ने चाइनिज, जापनिज र फिलिपिन्सहरू थियो । म एक्लो नेपाली परेको थिए । ‘न भाषा आउँछ, न परिवेश मिल्छ, मलाई सुरुमा काम गर्न उनीहरूसँग असहज भयो,’ उनले भने । त्यहाँ पुग्दा पनि मेरो मनमा एउटै कुरा खेलिरहन्थ्यो, म घर बस्दा जे चाहेको थिए, विदेश पुग्दा पनि त्यही काम पाए । त्यसपछि म उनीहरूसँग घुलमिल हुँदै नर्सरीमा काम गर्न थाले । बोटबिरुवा सम्बन्धी पिएचडी गरेका कम्पनीका मिस्टर ‘लु’ भन्नेले मलाई धेरै नै काममा च्याप्नु भयो । ‘उहाँले सुरुमा मलाई गार्डेनिङ भनेको के हो, लेन्सकिपिङ भनेको के हो, कस्तो मौसममा कुन बिरुवा लगाउने, कुन बिरुवालाई कति पानी चाहिन्छ जस्ता कुराहरू सिकाउनु भयो,’ उनले भने ।

मिस्टर ‘लु’ ले मलाई बोटबिरुवाको कटिङ(डिजाइनिङ सम्बन्धी काम सिकाउन थाल्नुभयो । त्यो पाटो म सिक्दै सिक्दै गए । त्यसपछि उहाँले मलाई विशेष गरी बोन्साई र टोपियरी बिरुवासम्बन्धी सिकाउनु भयो । ‘बिरुवालाई कसरी मोडलिङ र डेकोरेशन गर्ने, चराचुरुङ्गी कसरी बनाउने काममा उहाँले दक्ष बनाउनु भयो,’ उनले थपे । सुरुमा काम गर्दा कम्पनीले ४०० रिङ्गिट तलब दियो । पछि तलब बिस्तारै बढ्दै गयो । बाहिर गएर पाट टाइम काम गर्दा एउटा बिरुवाको डिजाइन गर्दा १०० रिङ्गिटसम्म पाउँथे । म त्यहाँ ५ वर्ष काम गरे । काम गर्ने अवसरमा विभिन्न ठाउँमा घुम्ने अवसर पनि कम्पनीले जुटाइदिएको थियो । ‘मलेसियामा हुँदै आमा बिरामी हुनुभयो, म कम्पनी छाडेर सन् २०१४ मा नेपाल फर्किए,’ उनले भने । अढाई वर्ष आमाको उपचार गराउँदा गराउँदै बित्यो ।

आमा पनि बित्नु भयो, अनि फेरि विदेश जान मन लागेन । त्यसपछि मेरो नजर लथालिङ्ग महेन्द्र पार्कमा प¥यो । आफूले त्यही सम्बन्धी सिप सिकेको छु । मेरो सिप मेरै ठाउँको पार्कलाई दिन पाए हुन्थ्यो भनेर मनमा लाग्यो । त्यसपछि दमक नगरपालिकामा कार्यरत दाजु द्रोणबहादुर थापासँग गएर महेन्द्र पार्कको बारेमा कुरा राखे । दाजुले भद्रपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसँग मेरो बारेमा कुरा राखे ।

अनि म २०७६ सालदेखि पार्कमा काम गर्ने अवसर पाए । एक बिगाहा दुई कट्ठा १० धुरमा फैलिएको ओझेलमा परेको जीर्ण पार्कमा काम गर्न आउँदा काँसैकाँसले बगैँचा भरिएको थियो । लज्जावती काँडा पनि त्यस्तै थियो । बगैँचामा माटो नमिलेर ठाउँ(ठाउँमा खाल्डाखुल्डी थियो । काम गर्ने औजारहरू पनि थिएन । ‘घरबाटै खुर्पा ल्याएर बगैँचाको झार जङ्गल कटानेदेखि माटो मिलाउनेसम्म काम ग¥यो,’ उनले भने, ‘भएकै बोटबिरुवालाई स्याहार्ने लागियो, र हँसियाबाट बोटबिरुवाको कटिङ र डिजाइनिङ गर्ने काम सुरु ग¥यो ।’

उनले एउटा रोचक प्रसङ्ग सुनाउँदै भने, ‘आउने बित्तिकै एउटा फूलको बोट फेदैबाट काटिदिए, पार्कमा काम गर्ने अरू साथीले मेरो काम गर्ने शैलीप्रति प्रशासकीय अधिकृतलाई गुनासो सुनाइदिनुभयो ।’ त्यसपछि अधिकृतज्यू मलाई भेट्न पार्कमै आउनुभयो । ‘उहाँलाई मैले मेरो काम गर्ने शैली सुनाएपछि उहाँले जसरी पनि पार्कलाई राम्रो र सुन्दर बनाउनु भनी सम्झाइबुझाई जानुभयो,’ उनले सुनाए । पार्कमा दिनरात लगशील भएर काम गर्दै जाँदा पनि कहीँ कतैबाट सहयोग नपाउँदा बिचमै काम छाडेर अन्यत्र जानुप¥यो भनेर मनमा लाग्यो । ‘किनभने नगरपालिकाले लगानी पनि नगर्ने, बोटबिरुवा पनि नल्याउने जस्तो देखेर मलाई दिक्क लाग्न थाल्यो,’ उनले भने । मेरो सिप र कला खेर जादैछ कि भनेर मनमा प्रश्न उब्जियो । त्यसपछि वडा अध्यक्ष गौरव सुब्बा (मनोज)ले मलाई आएर सम्झाइबुझाई गर्नुभयो । उहाँले त्यसबेला मलाई भन्नुभएको थियो कि, ‘कुनै दिन नगरपालिकाले तिम्रो सिप र कला देखेर अवश्य पनि पार्कमा लगानी गर्छ, आफ्नो ठाउँको माया आफैले गर्नुपर्छ, बिचमै छाडेर जानुहुँदैन ।’ अहिले मेरो सिप र कला देखेर नगरपालिकाले लगानी गर्न थालिसकेको छ । चालु आर्थिक वर्षको बजेटमा पार्कको लागि छुट्टै रकम विनियोजन गरेको सुनेको छु ।

‘म दिनको १२ देखि १४ घण्टासम्म पार्कमा समय दिन्छु, यहाँका बोटबिरुवाहरूसँग रमाउन पाउँदा मनमा छुट्टै आनन्द महसुस हुन्छ,’ उनले भने । एउटा बोटको डिजाइनिङ बनाउन कम्तीमा दुई वर्ष समय लाग्छ । अहिले पार्कमा विभिन्न आकृतिका बोटबिरुवा बनाएको छु । धेरै मेहनत र परिश्रम खर्चिएको बताउँदै उनले भने, ‘अरू पनि बोटबिरुवाको आकृति बनाउन बाँकी छ, विशेष गरी अहिले चराचुरुङीको आकृति बनाउने काम गर्दैछु ।’ ‘पहिला दिनमा एक दुई जना मान्छे झुक्किएर पार्कको अवलोकन गर्न आउँथे, उनले भने, ‘विगत एक वर्षदेखि दिनमा दुई सयदेखि तीन सयको हाराहारीमा मान्छे पार्कमा आउन थालेको छ ।’

यहाँ अवलोकन गर्न आउने कतिपयले मलाई राम्रो तलब, सेवा सुविधा दिने भनेर बोलाइरहेका छन् । देशका विभिन्न स्थानबाट काम गर्न अवसरहरू पनि आइरहेको छ । ‘नेपालमा बोटबिरुवा सम्बन्धी काम गर्ने मान्छे नै भेटिँदैन, उनले भने, ‘त्यही भएर यो सिप सिक्ने मान्छेको माग उच्च छ ।’ नगरपालिकाले मासिक १९ हजार तलब दिँदा पनि म अन्यत्र छाडेर गएको छुइन । ‘मेरो जन्मभूमि, मेरो ठाउँको माया छ मलाई,’ उनले भने । अहिलेको महँगी अनुसार नगरपालिकाको तलबले परिवार पाल्न पुग्दैन । ‘त्यसैले बिदाको दिन शनिवार बाहिर (होटेल, नर्सरी, घर) मा गएर बोटबिरुवा सम्बन्धी काम गरेर भएपनि परिवार पाल्दै आएको छु,’ उनले थपे । एक महिना अगाडि मात्र वडा अध्यक्ष सुब्बाले ‘महेन्द्र पार्क’ को थप सौन्दर्ययता झल्काउन आफ्ना बुवा विरहाङ्ग लिम्बु (सुब्बा) र सासुआमा भूमिमाया लिम्बुको स्मृतिमा विभिन्न जातका १२ सय बढी बिरुवा ल्याएर रोपिदिएका छन् ।

‘भारतबाट मगाएका ती बोटबिरुवाहरूलाई अहिले स्याहारसुसार गर्ने काममा जुटेको छु,’ उनले भने, ‘अबको दुई वर्षपछि पार्कको सौन्दर्ययता हेरेर अवलोकन गर्नेहरूको सङ्ख्या अझ बढ्नेमा म विश्वस्त छु ।’
माली थापाको काम देखेर भर्खरै भद्रपुर नगरपालिकाले १२औँ नगर सभाको अवसरमा उनलाई उत्कृष्ट कर्मचारी भन्दै १० हजार नगदले पुरस्कृत तथा सम्मान गरेको छ । नगरपालिकाले प्रदान गरेको सम्मानले काम गर्न थप ऊर्जा र हौसला मिलेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here