नगर पशु सेवा केन्द्र भवन हस्तान्तरण

0
92

पथरीशनिश्चरे,

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा पथरी शनिश्चरे नगरपालिकामा निर्माण भएको पशु सेवा केन्द्र भवन हस्तान्तरण भएको छ ।

नगरपालिकामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको लगानीमा अत्याधुनिक पशु सेवा केन्द्र हस्तान्तरण भएको हो ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक डा. उमेश दाहालले नगर प्रमुख मोहन तुम्बापो र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेललाई एक कार्यक्रमका बीच भवनको स्वामित्व हस्तान्त्रण गर्नुभएकोे छ ।

उक्त पशु सेवा केन्द्र वडा नंं. ३ मा निमार्ण भएको हो । सो अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापोले नगरमा आवश्यक रहेको उक्त सेवा केन्द्र निर्माण गरिदिएकोमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनालाई धन्यवाद दिँदै चाँडै संचालनमा आउने बताउनुभयो । उहाँले उक्त सेवा केन्द्र संचालनमा आएपछि कृषकहरुलाई धेरै राहत पुग्ने तथा पशुहरुमा देखिने समस्याबाट हुने चिन्ता कम हुने विश्वास ब्यक्त गर्नुभयो ।

वडा नं ३ का वडाध्यक्ष बिजय लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख देवीमायाँ काफ्ले, आयोजनाका अनुगमन मूल्याङकन अधिकृत डा. प्रवेश शर्मा, नगर पशु सेवा केन्द्र प्रमुख डा. सवल पोख्रेल, नगर प्रवक्ता एवम् वडा नम्बर ८ का वडाध्यक्ष नबिन कार्की, २ नं. वडाध्यक्ष नैना राई, ४ नं. वडाध्यक्ष लोककिरण न्यौपाने, ७ नं. वडाध्यक्ष उद्ववराज बस्नेत, १० नं. वडाध्यक्ष जिवन खतिवडा, कार्यपालिका सदस्यहरु तगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here