पथरीशनिश्चरेमा बजार अनुगमन तिब्र

0
44

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिकामा व्यवसायिक दर्ता तथा राजस्व सम्बन्धी बजार अनुगमनलाई तिब्र पारिएको छ।

शुक्रबार पथरीशनिश्चरे ०२ को बुद्ध चोक चोकमा विभिन्न व्यापारिक तथा उद्योगीहरू नगरमा दर्ता भई कारोबार भएको – नभएको सम्बन्धमा अनुगमन भएको हो।

उक्त वडाभित्र रहेका पसल, उद्योग , औषधि लगायत आदि नगरपालिकामा दर्ता भएको या नभएको , वार्षिक रूपमा आन्तरिक राजस्व तिरेको – नतिरेको? भ्याटमा दर्ता भएको वा नभएको ? सम्बन्धी अनुगमन गरिएको बडा अध्यक्ष नैना साम्पाङ राईले बताउनुभयो ।

वडा नं २ का वडा अध्यक्ष नैना साम्पाङ राईको नेतृत्वमा भएको अनुगमनमा नगरका राजस्व शाखा कर्मचारी खगेन्द्र पुलामी र प्रमुख तारानाथ ढकाल , नगरप्रहरी-बलबहादुर गौतम , वडाध्यक्ष नैना साम्पाङ राई,वडा सदस्य: खिलनाथ घिमिरे, चन्द्र कुमार राई, सीता भुसाल ,बुद्धिजीवी, उद्योगी ,व्यापारी , लगायतको उपस्थिति रहेको थियो।

हिजो नगरपालिकाको निर्देशनमा वडा नं १ स्थित पथरी बजारका विभिन्न चोकहरुमा रहेका पसल तथा उद्योग व्यवसायीहरूको व्यापारिक फर्म तथा राजस्व सम्बन्धी कारोवारका विषयमा अनुगमन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here