पथरीशनिश्चरेमा बजार अनुगमन तिब्र

0
120

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिकामा व्यवसायिक दर्ता तथा राजस्व सम्बन्धी बजार अनुगमनलाई तिब्र पारिएको छ।

शुक्रबार पथरीशनिश्चरे ०२ को बुद्ध चोक चोकमा विभिन्न व्यापारिक तथा उद्योगीहरू नगरमा दर्ता भई कारोबार भएको – नभएको सम्बन्धमा अनुगमन भएको हो।

उक्त वडाभित्र रहेका पसल, उद्योग , औषधि लगायत आदि नगरपालिकामा दर्ता भएको या नभएको , वार्षिक रूपमा आन्तरिक राजस्व तिरेको – नतिरेको? भ्याटमा दर्ता भएको वा नभएको ? सम्बन्धी अनुगमन गरिएको बडा अध्यक्ष नैना साम्पाङ राईले बताउनुभयो ।

वडा नं २ का वडा अध्यक्ष नैना साम्पाङ राईको नेतृत्वमा भएको अनुगमनमा नगरका राजस्व शाखा कर्मचारी खगेन्द्र पुलामी र प्रमुख तारानाथ ढकाल , नगरप्रहरी-बलबहादुर गौतम , वडाध्यक्ष नैना साम्पाङ राई,वडा सदस्य: खिलनाथ घिमिरे, चन्द्र कुमार राई, सीता भुसाल ,बुद्धिजीवी, उद्योगी ,व्यापारी , लगायतको उपस्थिति रहेको थियो।

हिजो नगरपालिकाको निर्देशनमा वडा नं १ स्थित पथरी बजारका विभिन्न चोकहरुमा रहेका पसल तथा उद्योग व्यवसायीहरूको व्यापारिक फर्म तथा राजस्व सम्बन्धी कारोवारका विषयमा अनुगमन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here