‘काजी’का लागि वर्षाले छाडिन् ‘कामिनो’

0
96

काठमाडौं, 

स्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘कामिनो’ निर्माण नहुँदै संकटमा परेको छ । निर्धारित समयमा छायांकन नहुँदा एकपछि अर्को कलाकारले फिल्म छाडिरहेका छन् । सौगात मल्ल, राजबल्लभ कोइराला र नीति शाहपछि वर्षा सिवाकोटीले पनि फिल्म छाडेकी छन् । उनी स्वयंले यसको पुष्टि गरिन् । उनले बिहीबार निर्माण टिमलाई अब काम गर्न नभ्याउने जानकारी गराएकी हुन् ।

वर्षा बाहिरिएसँगै मुख्य भूमिकामा अनुबन्ध भएका अब अभिनेता प्रदीप खड्का मात्र फिल्ममा बाँकी छन् । उनी पनि फिल्म छाड्ने मनस्थितिमा रहेको स्रोत बताउँछ । त्यसो त फिल्मी बजारमा अब ‘कामिनो’ निर्माण नहुने चर्चा छ । तर, निर्देशक दीपक वलीले फिल्म निर्माण हुने रटान लगाउन छाडेका छैनन् । फिल्मको प्रि-प्रोडक्सनमा नै निर्माताको ५० लाख बढी खर्च भैसकेको बताइन्छ ।

फिल्मको नेपालसँगै मेक्सिको र ब्राजिलमा छायांकन गर्न लागिएको थियो । त्यस देशमा लोकेशन हेर्नका लागि निर्देशक र निर्माताले भिसा आवेदन दिएका थिए । तर, भिसा लागेन । यसपछि नै टिमभित्र भद्रगोल सुरु भएको बताइन्छ । मेक्सिको र ब्राजिलको सट्टा अब फिलिपिन्समा छायांकन गरिने निर्देशक वलीले जानकारी गराएका थिए । तर, अहिलेसम्म छायांकनको कुनै अत्तोपत्तो नै छैन ।

वर्षा आगामी भदौ महिनाबाट लक्ष्मण रिजालको निर्देशन र रामप्रसाद रिजालको निर्माणमा बन्न लागेको फिल्म ‘काजी’मा काम गर्ने तयारीमा छिन् । यसैले उनले ‘कामिनो’बाट विदा लिएकी हुन् । उनी ‘काजी’लाई लिएर गम्भीर देखिएकी छन् । आगामी नयाँ वर्षको छेकोमा रिलिज हुन लागेको फिल्ममा वर्षासँगै विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्कीको पनि अभिनय रहनेछ ।-फिल्मीखबर,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here