कोशी सिङ्गिङ एण्ड डान्सिङ स्टार भदौमा

0
94

बिर्तामोड ।

कोशी सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२३ का लागि आगामी भदौं ९ गतेदेखि अडिशन शुरु हुने भएको छ । सनमुन मोसन पिक्चर्सको आयोजनामा भदौ ९ देखि २३ गतेसम्म कोशी प्रदेशका सुनसरी, मोरङ, झापा र उदयपुरका विभिन्न स्थानमा अडिसन गरिने भएको छ ।

आयोजक संस्था सनमुनले शनिवार बिर्तामोडमा पत्रकार भेटघाट गरी कार्यक्रमको बिषयमा जानकारी दिएको हो । समुदायभित्र लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । ‘कला तपाईको, मञ्च हाम्रो’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको नृत्य तथा गायन प्रतियोगितामा ६ बर्षदेखि माथिका सवैले सहभागिता जनाउन सक्ने सनमुन मोसन पिक्चर्सका संस्थापक तथा प्रतियोगिताका निर्देशक सञ्जय धमलाले बताए ।

धमलाका अनुसार अडिसनपछि दशै र तिहारको बीचमा उक्त प्रतियोगिताको फाइनल इटहरीमा हुनेछ । गायन प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख रुपैयाँ र आफूलाई मन पर्ने कलाकारसँग म्युजिक भिडियो गर्न सक्ने, नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख रुपैयाँ र आफूलाई मनपर्ने गायक तथा गायिकासँग म्युजिक एल्वम् रेकडिङ्ग गर्न सक्ने निर्देशक धमलाले बताए ।

त्यस्तै दुबै प्रतियोगितामा दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद २० हजारसहित म्युजिक भिडियो र म्युजि एल्वम् रेकर्डिङ्ग गर्न सक्ने बताइएको छ । प्रतियोगिताका लागि भदौ ९ गते धरान, १० गते बिराटनगर, ११ गते सुन्दरहरैंचा, १४ गते दमक, १५ गते मेचीनगर, १६ गते बिर्तामोड, २० गते गाईघाट र २३ गते इटहरीमा अडिशन हुने प्रतियोगिताका को–अर्डिनेटर ओमतिलक ओलीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित २० लाख रुपैयाँ खर्च हुने र त्यो आयोजक संस्थाले नै ब्यहोर्ने प्रतियोगिताका अर्को को–अर्डिनेटर केशव बिनाडीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here