राजधानी बेईजिङ बचाउन ६ लाख बढी नागरिकको ज्यान लिने निर्णय

0
37

काठमाण्डौं ।

चीन यस्तो देश हो, जसले आफ्ना योजनाहरू पूरा गर्न आफ्ना नागरिकको बलिदान दिन हिचकिचाउँदैन। यस्ता धेरै उदाहरण छन्, जहाँ उनले आफ्ना नागरिकमाथि दमन गरेका छन् । तियानमेन चोक नरसंहार सबैलाई याद छ, जब चीनले निहत्था मानिसहरूमाथि गोली चलाएको थियो। ठ्याक्कै फेरि पनि त्यस्तै भइरहेको छ, तर यस पटक गोली होइन, पानीले।

वास्तवमा राजधानी बेइजिङलाई बचाउन चीनले ६ लाखभन्दा बढी मानिसलाई पानीमा डुबाउने तयारी गरिरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले नै यसको संकेत गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका एक अधिकारीले बेइजिङलाई बाढीबाट जोगाउन झुओझाउ सहरसहित अन्य बाढी प्रभावित क्षेत्रलाई राजधानीका लागि ‘खाल’को रूपमा प्रयोग गर्नुपर्ने बताएका छन्, जहाँ पानी भर्न सकिन्छ।

के छ चीनको पूर्ण योजना ?

‘खाल’ भनाइ दिने व्यक्ति हेबेई प्रान्तका कम्युनिष्ट पार्टीका सचिव नि युइफेङ हुन्। हेबेई प्रान्तले राजधानी बेइजिङसँग तीन तर्फ सिमाना जोडेको छ। यस प्रान्तका झुओझुओ जस्ता धेरै सहरहरू बेइजिङसँग जोडिएका छन्। नीले बेइजिङलाई बाढीबाट जोगाउन ‘फ्ड स्टोरेज’ र ‘डिटेन्सन एरिया’ प्रयोग गरिने बताए, जुन खाडलजस्तै हुनेछ र त्यहाँ पानी छोडिनेछ।

त्यस्ता ठाउँहरूलाई ‘फ्लड डिटेन्सन बेसिन’ भनिन्छ, जुन बाढीको पानी भण्डारण गर्न प्रयोग गरिन्छ। यहाँ पानी बिस्तारै छोडिन्छ, ताकि शहर डुब्नबाट बचाउन सकिन्छ। राजधानी बेइजिङ र नजिकैका व्यावसायिक केन्द्रहरूलाई डुबानबाट जोगाउनका लागि झुओझुओ सहरलगायत नजिकका धेरै सहरहरूलाई ‘फ्लड डिटेन्सन बेसिन’ बनाउने तयारी भइरहेको छ।

वास्तवमा हालै आएको डोक्सरी आँधीका कारण उत्तर–पूर्वी चीनमा धेरै क्षति भएको छ । हजारौं घर ध्वस्त भएका छन् भने लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको छ । झुओझुओको जनसंख्या छ लाख छ र यसको वरपरका क्षेत्रमा पनि लाखौं मानिस बस्छन्। अविरल वर्षाका कारण यहाँ बाढीको अवस्था सिर्जना भएको छ । बाढीका कारण करिब डेढ लाख मानिस प्रत्यक्ष प्रभावित भएका छन् ।

बाढीका कारण धेरै पुल भाँचिएका छन् भने विद्युत आपूर्ति अवरुद्ध भएको छ । सडक पानीले भरिएका छन् । हेबेई प्रान्तमा १२ लाख मानिसलाई स्थानान्तरण गरिएको छ। ‘फ्ड स्टोरेज’ भनी तोकिएका क्षेत्रबाट ८.५ लाख मानिसलाई स्थानान्तरण गरिएको छ। चीनमा राजधानीबाहेक टियानजिन जस्ता ठूला सहरलाई बाढीबाट जोगाउन प्राथमिकता दिइएको छ भने झुओझुओ जस्ता साना सहरमा पानी छोड्ने काम भइरहेको छ ।

जिनपिङको ‘प्रोजेक्ट’ बचाउने उद्देश्य पनि

चीनका जलस्रोत मन्त्री ली गुइङले बेइजिङको ड्याक्सिङ विमानस्थल र शोङयाङ सहरलाई बचाउन काम गर्नुपर्ने बताउनुभएको छ । शोङयाङ चिनियाँ राष्ट्रपति सी जिनपिङको सपनाको परियोजना हो। यो सहर नयाँ आर्थिक हबको रूपमा विकास भइरहेको छ। बेइजिङमा १४० वर्षको इतिहासमा सबैभन्दा बढी वर्षा भएको छ, जसका कारण बाढीजस्तो अवस्था सिर्जना भएको छ ।

सरकारको योजनालाई साथ दिन जनतालाई आग्रह गरिएको छ । चीनको मुखपत्र ग्लोबल टाइम्सका पूर्व सम्पादक हु शिजिनले चीनको ट्विटर नामक प्लेटफर्म वेइबोमा लेखेका छन्, राजधानीलाई सुरक्षित गर्न बेइजिङ नजिकका क्षेत्रमा पानी छोड्ने योजना बनाइएको छ। यसो भयो भने देश चलाउन सजिलो हुन्छ । सरकारको योजनालाई जनताले साथ दिनुपर्छ । एजेन्सी न्युज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here