५२० जनाको निःशुल्क आँखा जाँच

0
84

झापा, नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति झापाको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
नेपाली कांग्रेस वुद्धशान्ति ४ नम्वर वडा तथा नेपाल विद्यार्थी संघ वुद्धशान्तिको समन्वयमा भएको शिविरमा काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोग रहेको थियो शिविर वुद्धशान्ति ४ स्थित सट्टाभर्नामा रहेको गशेश माद्यमिक विद्यालयमा आयोजना गरिएको थियो । शिविरमा ५२० जनाले सेवा लिएका थिए । 
बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्य एवम् नेपाल विद्यार्थी संघका सभापति संजय निरौलाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस झापा क्षेत्र न ः २ क्षेत्रीय सभापति खगेन्द्र मैनाली , बुद्धशान्ति – ४ नम्बर वडाध्यक्ष शेरबहादुर राय ,नेपाली कांग्रेस बुद्धशान्ति सभापति चक्र शेर्मा, नेपाली कांग्रेस जिल्ला सदस्यहरु,विभिन्न भ्रातृ संस्थाका प्रमुख ,नेविसंघ जिल्लाका पदाधिकारी तथा सदस्य ,विभिन्न क्याम्पस स्ववियू सभापति , क्याम्पस इकाई सभापति तथा पदाधिकारी ,पार्टी प्रदेश सभा पदाधिकारी ,क्षेत्रीय सदस्य लगायत विभिन्न तहका नेतृत्वको शिविरमा सहभागीता रहेको थियो ।


नेपाली कांग्रेस बुद्धशान्ति – ४ वडा सचिव दिपक शेर्माले स्वागत गरेको नेविसंघ बुद्धशान्ति सभापति उमेश भट्टराईले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस बुद्धशान्ति सभापति चक्र शेर्मा र प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन नेविसंघ झापा सचिव गोकुल पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here