झापा कारागारका चाैकीदार शिवाकोटी र पूर्व भाई चाैकीदार शेर्पाकाे सरूवा

0
40

झापा ।

भद्रपुरस्थित झापा जिल्ला कारागारका चाैकीदार लयप्रसाद शिवाकोटी र पूर्व भाई चाैकीदार पासाङ शेर्पा (कुमार) काे अन्यत्र सरूवा गरिएकाे छ ।

कारागार प्रशासनले भाई चाैकीदार मनाेज लवातीलाई सुनसरीस्थित झुम्का कारागार सरूवा गर्न लाग्दा शुक्रबार दिउँसो साढे २ बजे उनका पक्षका कैदीबन्दीहरू आन्दाेलित बन्दै आगजानी र ढुंगामुढा गर्दा तनावग्रस्त बनेकाे थियाे ।

कारागारकाे तनावपूर्णस्थित तत्काल नियन्त्रणमा लिनलाई लावतीलाई सरूवा नगर्ने आदेश आएपछि आन्दोलन शान्त बनेकाे थियोे । आन्दोलन पश्चात् प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेलले कैदीबन्दीसँग वार्ता गर्दा चाैकीदार शिवाकोटी र शेर्पालाई यहाँबाट सरूवा गर्न माग राखेका थिए ।

साेही माग बमोजिम चाैकीदार शिवाकोटी र शेर्पालाई आईतवार दिउँसो यहाँबाट पठाइएको झापा कारागारका प्रमुख तथा जेलर माेहनलाल पनेरुले जानकारी दिए । कारागार व्यवस्था विभागकाे आदेश बमोजिम शिवाकोटीलाई झुम्का कारागार र शेर्पालाई केन्द्रीय कारागार काठमाडौं पठाइएको जलेर पनेरूले बताए ।

शुक्रबार करिब डेढ घण्टा आन्दोलित बनेका कैदीबन्दीहरुले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दा क्षति भएकाे थियोे । कैदीबन्दीले भित्रबाट ढुंगा र इँट्टा बर्साउँदा कारागारकाे नवनिर्मित कार्यालय भवन, गाडी, बिजुलीका सामान, सिसी टिभी क्यामेरामा क्षति पुगेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here