समरस नेपालद्वारा १२ स्थानमा “संस्कृतिको रक्षा उदघोष” बाट बालेन्द्र साह माथि निशाना साधियो

0
47

जनकपुरधाम,

समरस नेपालको “संस्कृतिको रक्षा उदघोष” बाट बालेन्द्र साह सहितका प्रवृति माथि निशाना साधेको छ ।

नेपाली राजनीतिमा चाँडै उच्च स्थान प्राप्त गर्न वेला वेलामा सनातन हिन्दु धर्मका राम, सीताको जन्मभुमिको विवाद सृजना गराएर बालेन्द्र साह र केपी शर्मा ओली जस्ता सस्तो लोकप्रियता हाँसिल गर्नेलाई समरस नेपालको “संस्कृतिको रक्षा उदघोष” ले निशाना साधेको हो ।

समरस नेपालले साउन महिनाको पवित्र सोमवारका दिन महोत्तरी र धनुषाको बाह्र महादेव मठहरुमा समरसको मूल उदेश्य ‘सेवा, संस्कृति सुरक्षा’ लाई केन्द्रमा राखी सनातनी नाराहरु दिई त्यस्ता सस्तो लोकप्रियता हाँसिल गर्नेहरुलाई सवक सिकाउने भएको बताइएका छन् ।

समरस नेपालले महोत्तरीको पाटु कपिलेश्वर महादेव, टूटेश्वरनाथ महादेव, मगरथाना मंगलनाथ महादेव, पंचधूरा माई स्थान, जलेश्वरनाथ महादेव र पवित्र स्थल मटिहानीको साथै धनुषाको जनकपुरधाम, प्रानेश्वरनाथ ईटहर्वा, औरही, सतोषर महादेव, धनुषाधाम र क्षिरेश्वरनाथ महादेव महेन्द्रनगर सहितका स्थानमा एकै समयमा एकसाथ “संस्कृतिको रक्षा उदघोष” गरे ।

संयोजक चन्दन दुबेले सनातन धर्मको मूल्य र मान्यताको मर्म संरक्षणार्थ समरसले माथि उल्लेखित क्षेत्रहरुमा बढ्दै गएको धर्मान्तरणलाई ध्यानमा राखी यो जाग्रण अभियानको अनुष्ठान गरिएको बताए । आधुनिकताको नाममा देशमा ब्याप्त सामाजिक, आर्थिक, सांस्कृतिक बेतिथी अन्त्यका लागि यो “संस्कृतिको रक्षा उदघोष” गरेको समरसका संयोजक दुबेले जानकारी दिए ।

सनातन धर्मको मूल्य र मान्यता, ग्रन्थ र साहित्यको गलत व्याख्या र भौगोलिक विभाजन को प्रयासहरु गर्ने बालेन्द्र साह तथा ओलि प्रवृतिको बिरोधमा यस्ता उदघोष गरिएका छन् ।

हिन्दु धर्ममा माता सीता त कहिले रामको जन्म स्थललाई बिवादको मुद्दा बनाउन खोज्ने शक्तिहरुबाट सचेत रह्न समेत आह्वान गरिएको छ । करिब दुई सय जनाको उपस्थिीतिमा गरिएको “संस्कृतिको रक्षा उदघोष” को सांगठनिक संरचना र कार्ययोजनाहरु सहित आजको समयमा सनातनी मूल्य मान्यतामा आधारित संकल्पहरु साझा गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here