चिनियाँ आरोपमा अमेरिकि ह्याकर , चीन पनि आत्तियो ?

0
40

काठमाण्डौं ।

अमेरिकी संघीय सरकारको प्रमुख गुप्तचर संस्था केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले ‘शान्तिपूर्ण विकास’ र ‘रङ क्रान्ति’ को नाममा ‘ह्याकरहरूको साम्राज्य’ बनाएको बताएको छ।

चीनको समाचार सेवा प्रदायक संस्था सिन्ह्वाले पठाएको समाचारमा अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले नै हालै एउटा अनुसन्धान प्रतिवेदन जारि गर्दै सिआइएले विश्वभरि “ह्याकरहरूको साम्राज्य“ नै खडा गरेको बताएको छ।

यसलाई चीनको नेशनल कम्प्युटर भाइरस आपतकालीन प्रतिक्रिया केन्द्र र इन्टरनेट सुरक्षा कम्पनी ३६० ले पनि पुष्टि गरेको सिन्ह्वाको समाचारमा छ। इस्लामाबादस्थित एशियन इन्स्टिच्युट अफ इको–सभ्यता अनुसन्धान र विकास केन्द्रका प्रमुख कार्यकारी शकील अहमद रामेले अमेरिका आफैंले विश्वभरी फैलिएको सबैभन्दा ठूलो निगरानी प्रणाली संचालन गरिरहेको बताए।

अमेरिकाको साइबर हमलाको मुख्य निशाना चीनको साइबर नेटवर्क हो। गत महिना, अमेरिकी सीआईएका निर्देशक विलियम बर्न्सले एक खुलासा गर्दै आफ्ना एजेन्सीहरुले चीनमा जासूसी नेटवर्कहरू पुनः निर्माण गर्न सक्रिय रूपमा काम गरिरहेको र त्यसमा प्रगति भैरहेको बताएका थिए। २०२२ मा, चीनको नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीमा चिन बाहिरबाट साइबर आक्रमण गरिएको थियो।

यो आक्रमण अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी सँग सम्बद्ध साइबर–वारफेयर इन्टेलिजेन्स–भेला गर्ने एकाइ, टेलर्ड एक्सेस अपरेसन गरेको आरोप चीनले लगाउदै आएको छ। हरिकि मिडिया टर्कीका प्रमुख टुंक आकुकले चीनमा भएको आक्रमण र भेटिएको सूचना र सुराकले अमेरिका तर्फ इशारा गरेको बताए। प्रमुख टुंक आकुकले इन्टरनेटको ग्लोबल संजाल नै अमेरिकाको नेतृत्वमा रहेको बताउनु भयो। अमेरिकाले विश्वभरि फैलिएको डाटा प्रवाहलाई नै नियन्त्रण गर्न सक्ने बताए।

यसै वर्षको अप्रिलमा पेन्टागन केहि गोप्य कागजहरुको एक सेट अनलाइनमा लीक भएको थियो। त्यसमा युक्रेन, दक्षिण कोरिया र इजरायल लगायत अमेरिकाका संजालका गोप्य डाटाहरु थिए। इन्स्टिच्युट अफ पॉलिसी स्टडीज, इस्लामाबादका वरिष्ठ अनुसन्धान फेलो तुघ्रल यामिनले अमेरिकीहरुले सधैं जासुसी मात्र गरिरहने टिप्पणी गरे। अमेरिकाको कोहि मित्र वा शत्रु हुन्न सबैको निगरानी गर्छ तुघ्रल यामिनले भने। नागरिकन्युज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here