बिर्तामोडमा जेसीज सप्ताह: ट्राफिक सचेतनादेखि भविष्य बोक्ने झोला वितरणसम्मका कार्यक्रम

0
48

झापा ।

वीरता जेसीजको आयोजनामा जेसीज सप्ताह शुरु भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको सभा हलमा जेसी सप्ताह शुरु भएको हो ।

वीरता जेसीजको सप्ताह कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम, भविष्य बोक्ने झोला बितरण गरिएको छ । विहीवार रक्तदान कार्यक्रम गरिने र सप्ताह कार्यक्रम अन्तर्गत व्यक्तित्व तथा नेतृत्व बिकास तालिम, अन्तर बिद्यालय कविता लेखन तथा वाचन प्रतियोगिता, अन्तरशाखा फुटसल प्रतियोगिता समेत रहेका छन् ।

वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीको प्रमुख आतिथ्य कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा जेसीजका पूर्वअध्यक्ष समाजका अध्यक्ष जेसीआई सिनेटर बिनोद बस्नेत, राष्ट्रिय उपाध्यक्ष बीरु बेघा, भीम कुवर, पूर्वराष्ट्रिय उपाध्यक्ष सिनेटर बिशाल थापा, पत्रकार महासङ झापाका अध्यक्ष एकराज गिरी, जुनियर जेसीज अध्यक्ष अनिक चौधरी, वीरता लेडी जेस्जिकी अध्यक्ष संगीता गिरीको आतिथ्य रहेको थियो ।

कानूनी सल्लाहकार एलसी श्रेष्ठ कार्यक्रम संयोजक रहेको कार्यक्रममा आस्था बाचन युवराज कुँवरले गरेका थिए भने थिमवाचन बिकास बस्नेतले गरेका थिए । वीरता जेसीजका महासचिव जनक खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसैबीच बिर्तामोड नगरपालिका–४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा भविष्य बोक्ने झोला बितरण गरिएको थियो ।

सो कार्यक्रममा ६० वटा झोला र स्टेशनरी सामग्रीसहित एक सय बिद्यार्थीलाई बितरण गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here