नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा वृक्षारोपण सम्पन्न

0
75

अर्जुनधारा ।

इलाका प्रहरी कार्यालय अनारमनी र नमूना सामुदायिक वन उपभोक्ता समूह अर्जुनधारा–९ को संयुक्त आयोजनामा बिहीबार नमूना वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सवको अवसरमा समूहका अध्यक्ष जागिरमान राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

समूहको ब्लक नं.१को खाली जमिन, स्थानीय नमूना खेलमैदान वरिपरी र बालज्योति आधारभूत विद्यालयको परिसरमा वृक्षारोपण गरिएको समूहका अध्यक्ष राईले जानकारी दिए । कार्यक्रम अन्र्तगत अमला, अशोका, तेजपत्ता, शिरिषलगायत विभिन्न प्रजातिका तीन सय बिरुवा रोपिएको इप्रका अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

कार्यक्रममा वडाध्यक्षद्वय खगेन्द्र इङनाम र भीष्म मिश्र, नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीया, नगर सभा सदस्य भीम राई, नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भानुभक्त श्रेष्ठ, नेकपा एमाले पार्टी अर्जुनधारा–११ का इञ्चार्ज वीरबहादुर राई, पार्टी वडाका अध्यक्ष बोलप्रसाद कोइराला, नेपाली काँग्रेस अर्जुनधारा–११का सभापति जगत राना मगर, बालज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कुँवर, समूहका लेखा समिति संयोजक सूर्यप्रकाश अधिकारीलगायतले बिरुवा रोपेका थिए ।

इप्रका अनारमनीका प्रमुख कार्कीले कार्यक्रमको औचित्यसहित मन्तव्य व्यक्त गरेको कार्यक्रममा स्वागत मन्तव्य समूहकी उपाध्यक्ष टीकामाया गौतमले गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन सचिव मोहनप्रसाद चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here