कानुनमन्त्री डा. गुरुङ अस्पताल भर्ना

0
57

काठमाडौँ, 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा धनराज गुरुङ अस्पताल भर्ना हुनुभएको छ ।

मन्त्री गुरुङलाई आज बिहान एक्कासि ‘ब्लड प्रेसर लो’ भएपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीले मन्त्री गुरुङलाई ब्लड प्रेसर लो भएर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान ११ बजे अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो ।

मन्त्री गुरुङलाई हाल मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि नेतृत्वको टोलीले उपचार गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वकीय सचिव केसीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here