महराको प्रवक्ता पद खोसिएसँगै सुनकाण्डमा कारबाहीमा पर्ने संकेत

0
54

काठमाडौं,

माओवादीले पार्टीको प्रवक्तामा पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई तोकेको छ । यसअघिका प्रवक्ता कृष्णबहादुर महराको जिम्मेवारी खोसेर सापकोटालाई दिइएको हो । डेढ वर्षअघि राष्ट्रिय सम्मेलनबाट महरा उपाध्यक्षसँगै प्रवक्ताको भूमिकामा थिए ।

तर उनले पार्टीको प्रवक्ताको जिम्मेवारी राम्रोसँग निभाउन नसकेको माओवादी नेता कार्यकर्ताकै भनाइ थियो । अहिले उनी नौ केजी सुनकाण्डमा मुछिएपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महरालाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन् ।

चीनबाट विद्युतीय सिगरेट (भेप) मा लुकाएर ल्याएको सुनमा महराका तीन बाबुछोरा संलग्न रहेको सिआईबीले पत्ता लगाएको छ । उनीहरू अहिले अनुसन्धानको दायरामा छन् ।

माओवादी प्रवक्ता सापकोटाले सुनकाण्डमा महराको संलग्नता देखिए कारबाही हुने बताएका छन् । प्रवक्ताको जिम्मेवारी पाएपछि बुधबार पहिलोपटक आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दोषी प्रमाणित भए पार्टीकै नेताले पनि उन्मुक्ति नपाउने उल्लेख गरेका हुन् ।

प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणमा राज्यको आधिकारिक निकायले अनुसन्धान गरिरहेकाले छुट्टै समिति आवश्यक नभएको दाबी गरे । अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठले महरा र उनका छोरालाई अनुसन्धानमा नतान्न प्रहरीलाई निर्देशन दिएको बुझिएको छ ।

तर एमालेले सदन अवरुद्ध गरेर सबै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको अडान राख्दै आएकाले महरामाथि बाध्य भएर छानबिन हुने र संलग्नता भेटिए कारबाहीमा पर्ने अवस्था सिर्जना हुँदै गएको छ । मिडिया डबली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here