इनरव्हील क्लब अफ भद्रपुरको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण

0
31

भद्रपुर ।

वर्ष २०२३/०२४ का लागि चयन भएको इनरव्हील क्लब अफ भद्रपुरको नयाँ कार्यसमितिले शुक्रबारदेखि पदभार ग्रहण गरेको छ । शुक्रबार साँझ भद्रपुरमा आयोजित एक समारोहका बीच वर्ष २०२१/०२३ का अध्यक्ष कुसुम अधिकारी पराजुलीले वर्ष ०२३/०२४ का अध्यक्ष निर्मला निरौला खडकालाई पदभार हस्तान्तरण गरेका हुन् ।

समारोहका प्रमुख अतिथि इनरव्हीलका डिस्ट्रिक्ट चेयरम्यान टुना थापाले पदस्थापन समारोहको उद्घाटनसँगै वर्ष ०२३/०२४ का अध्यक्ष खडकालाई शपथ गराएका थिइन् भने अध्यक्ष खडकाले आफ्नो कार्यसमितिको पदाधिकारी–सदस्यहरूको नाम घोषणासहित शपथ गराएका थिइन् ।

अध्यक्ष खड्काले भ्वाइस प्रेसिडेन्ट प्रमीला ढकाल ओझा, चार्टर प्रेसिडेन्ट कुसुम अधिकारी पराजुली, सेक्रेटरी अमृता हुमागाईँ पराजुली, कोषाध्यक्ष लीना राई श्रेष्ठ, मिडिया इडीटर दिहेन शेर्पा, अन्तर्राष्ट्रिय सेवा आयोजकमा रिता सरावगी र कार्यकारी सदस्यहरूमा शारदा सुवेदी, आशा उप्रेती पोखरेल र नयाँ सदस्यमा अनिता मानन्धरलाई चयन गरेकी छिन् ।

जिम्मेवारी तोकिएको घोषणा गर्दै अध्यक्ष खडकाले नयाँ कार्यसमितिका सबै पदाधिकारी–सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । नवनिर्वाचित भ्वाइस प्रेसिडेन्ट प्रमीला ढकाल ओझाले सञ्चालन गरेको समारोहमा वर्ष ०२१/०२३ का अध्यक्ष पराजुलीले आफ्नो दुई कार्यकालमा भएका सामाजिक गतिविधिका बारे जानकारी गराउँदै बिदाइ मन्तव्य राखेकी थिइन भने नवनिर्वाचित अध्यक्ष खड्काले आफ्नो कार्यकालमा गरिने सामाजिक गतिविधिका बारे संक्षिप्तमा जानकारी गराउँदै प्रतिबद्धता मन्तव्य राखेकी थिइन् ।

सोही सन्दर्भमा इनरव्हीलकी डा. गीता श्रेष्ठलाई सम्मान गरिएको थियो । मेची बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक श्रेष्ठले पिएचडी गरेकी अवसरमा उनलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट चेयरम्यान थापा, विशेष अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, नगर उपप्रमुख राधा कार्की, रोटरी क्लब भद्रपुरका अध्यक्ष विनोद चापागाईँ लगायतले शुभकामना मन्तव्य राखेका थिए । सेक्रेटरी अमृता हुमागाईँ पराजुलीले कथा वाचन गरेकी कार्यक्रममा स्वागत मन्तव्य डा. गीता श्रेष्ठले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here