इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनको पद हस्तान्तरण

0
97

बिर्तामोड ।

इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनको पद हस्तान्तरण सम्पन्न भएको छ ।

सन् २०२३/२४ को पाँचौ पदहस्तान्तरण सम्पन्न भएको हो । इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष मोनिका अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा इनर ब्हील क्लवकी डिस्ट्रिक चेयरमेन टुना थापाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष नविन उप्रेती (सिद्धार्थ), रोटट्रेक्ट क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष जितेश अग्रवाल, इन्ट्रयाक्ट क्लव अफ देवभूमिकी अध्यक्ष बिनिता आर्चाय, रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का ए.जी. शुभ कुमाइ पाठक, इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी पूर्व अध्यक्ष रेनु बंशल, जमुना भूषााल शर्मा संस्थाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चाालन इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनकी सचिव लुना बस्नेतले गरेकी थिइन् । इनर ब्हील क्लवले विभिन्न सेवा मूलक तथा सामाजिक कामलाई प्राथमिकता दिएर काम गर्दै आएको छ ।

इनर ब्हील क्लव अफ बिर्तामोड मिडटाउनले विपन्नलाई खाद्यन्न वितरणसहितका विभिन्न सामाजिक काम गरिरहेको र यस वर्ष एक सय जनाभन्दा धेरैको मुहारमा मुस्कान ल्याउने उद्धेश्यका साथ काम भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here