स्थापना दिवसमा स्वास्थ्य शिविर

0
99

बिर्तामोड।

औषधि क्षेत्रमा कार्यरत बजार प्रतिनिधिहरुको छाता संगठन नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको ५४औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

प्रत्येक वर्ष अगस्ट १४ तारिखमा संस्थाले मनाउँदै आएको स्थापना दिवसको अवसरमा सोमबार संघको मेची इकाइद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो ।

इकाइका अध्यक्ष बिनोद राजवंशीको अध्यक्षता तथा केन्द्रीय सचिव डुपेन्द्र रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रम बृहत मोटरसाइकल ¥याली निकालिएको थियो ।

केन्द्रीय सदस्य भुपाल निरौलाको विशिष्ट आतिथ्य एवम् मेची इकाईका सहसचिव ललनकुमार झाको सञ्चालनमा ट्राफिक प्रहरीको सहयोग एवम् व्यवस्थापनमा मनकामना कलेजदेखि महेन्द्र राजमार्ग हुँदै परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रमसम्म ¥याली निकालिएको थियो ।

साथै वृद्धाश्रममा संस्थाका उपाध्यक्ष रोशन चौधरी तथा सहसचिव सर्वेन्द्र राजवंशीको संयोजकत्वमामा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । डा. उज्ज्वल देव र डा. प्रवीन मण्डलद्वारा ४० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

त्यसैगरी वृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुका लागि चामल, खाने तेल र चप्पल समेत वितरण गरिएको थियो । यसअघि संस्थाको कार्यालयमा अन्तरक्रिया कार्यक्रमसहित शुभकामना आदानप्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here