ब्राउन सुगरसहित पाँच जना पक्राउ

0
46

मोरङ ।

मोरङको बिराटनगर महा–नगरपालिका–१६ का तीन छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्रदेश १–०१–०१४ प ९८४५ नम्बरको स्कुटरमा भारतबाट नेपाल तर्फ आउदै गरेका बेलवारी नगरपालिका–४ का २४ बर्षीय संजिव राईलाई २८० मिलीग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै प्रदेश १–०२–०४५ प ६३८७ नम्बरको मोटरसाईकलमा सवार रहेका धरान–१५ का ३३ बर्षीय खेमचन्द्र राई र धरान–८ का ३१ बर्षीय रबिचन्द्र राई १ ग्राम ५८ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका हुन् ।

त्यसैगरी सोहि स्थानमा को १ ह ६३९५ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पो चालक गढी गाँउपालिका–८ उदयपुरका २५ बर्षीय ईन्द्रबहादुर तामाङ र टेम्पोमा सवार रहेका बिदुर नगरपालिका–५ नुवाकोटका २४ बर्षीय सुजित डंगोललाई २२ ग्राम ३४ मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here