रुपैयाँ एक, सेवा अनेक

0
105

झापा । 

झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था दमकले ‘रुपैयाँ एक, सेवा अनेक’ कार्यक्रम सार्वजनिक गरेको छ ।

२७औं बार्षिकोत्सव तथा २९औं साधारणसभाको पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गर्दै कार्यक्रम सार्वजनिक गरेको हो । सदस्य तथा समुदायमा आधारित रहेर सामाजिक काम गर्नका लागि इच्छुक सहकारीका सदस्यबाट दैनिक एक रुपैयाँ उठाउने र उठे बराबरको रकम सहकारीले थपेर सामाजिक अभियानमा खर्च गरिने सार्वजनिक गरेको हो । असार मसान्तसम्ममा सहकारीका सदस्यका संख्या १५ हजार २ सय ५८ रहेको छ ।

सहकारीले यो मन हुने सहकारीका सदस्यहरुमात्र सहभागी हुने र करकाप नगरिने पनि जनाएको छ । सानो–सानो सहयोगले पनि सामाजिक काममा ठूलो योगदान दिन सकिन्छ भनेर हामीले यो कार्यक्रम ल्याएका छांै– सहकारीका संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले भने ।

सहकारी संस्थाले यसभन्दा अघि पहिलो सहकारी आवास कार्यक्रम सम्पन्न गरेको र दोस्रो सहकारी आवास कार्यक्रमका लागि चार करोड बजेट विनियोजन गरेको पनि सार्वजनिक गरेको छ । सहकारी संस्थाले नेपालमा नै पहिलोपटक सदस्यहरुका लागि ५७ वटा घर निर्माण गरेर हस्तान्तरण गरेको थियो ।

घर नहुने तथा डेरामा बस्ने सहकारीका सदस्यहरुले डेरा बस्दा तिर्नुपर्ने रकम तिर्दा सहकारीले नै घर उपलब्ध गराउने नीतिलाई यो बर्ष पनि अघि बढाइएको छ– सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए । धेरैले सहकारी आवास सफल हुँदैन भनेका थिए तर गर्दा हुदो रहेछ– उनले भने ।

सहकारीले चालू बर्ष मोरङको उर्लाबारीमा रहेको संस्थाका नामको जग्गामा सहकारी बजार निर्माण गर्ने भएको छ । सदस्यहरुलाई कृषि उत्पादनमा जोडेर त्यसको बजारीकरणका लागि हामी कृषि बजार बनाउने तयारीमा छौं– सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी दिए ।

बगालेका अनुसार सहकारीले गत बर्ष ३ अर्ब ५५ करोड १७ लाख ४९ हजार २९४ रुपैयाँको कारोबार गरेको छ । सहकारी संस्थाको शेयर पुँजी ३७ करोड ४९ लाख ८३ हजार ८ सय रुपैयाँ रहेको छ । अहिले सदस्यहरुमा ३ अर्वभन्दा बढी कर्जा लगानी गरेको उनले जनाए ।

यसैगरी सहकारी संस्थाले बिभिन्न शीर्षकमा राज्यलाई २ करोड २३ लाख ७७ हजार २ सय ६० रुपैयाँ कर तिरेको प्रमुख कार्यकारी अधिकृत बगालेले जनाए । लाभांश कर, संरक्षित पुजि कर, समिति तथा उपसमिति भत्ताको कर, ब्याज कर, आय कर, कर्मचारीको पारिश्रमिक कर लगायतका शीर्षकमा आफुहरुले राज्यलाई कर तिरेको उनले उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here