लागूऔषध दुर्व्यसनी न्यूनिकरण र चोरी नियन्त्रण समिति गठन

0
120

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे -४ भुजेल चोक चोकमा लागू औषध ओसार पसार तथा दुर्व्यसनी न्यूनिकरण र चोरी नियन्त्रण तथा नियमनको लागि टोल सुरक्षा समिति गठन भएको छ।

मंगलबार एक कार्यक्रमका बीच समुदाय प्रहरी साझेदारीको अवधारणा अनुसार ईलाका प्रहरी कार्यालय पथरी मोरङ,शसस्त्र प्रहरी बेस शनिश्चरे र ४ नं. वडा कार्यालयको सहकार्यमा उक्त समिति गठन भएको हो।

बिहान ९ बजे ४ नं. वडा कार्यालयका वडा अध्यक्ष लोकनाथ न्यौपाने, सहायक प्रहरी वेश शनिश्चरेका सहायक प्रहरी निरीक्षक निरन्जन कार्की , ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव निरीक्षक जगदिश प्रसाद मेहता, नवगठित समितिका पदाधिकारीहरू, भद्रभलादमी,बुद्धिजिवी,समाजसेवी लगायतको सहभागिता रहेको थियो।

सोहि अवसरमा पथरी शनिश्चरे न.पा.-४ का डिल्ली लिम्बुको संयोजकत्वमा लागू औषध ओसार पसार तथा दुर्व्यसनी न्यूनिकरण र चोरी नियन्त्रण तथा नियमनको लागि टोल सुरक्षा समिति गठन गरिएको थियो।

दुले चोरको बिगबिगी बढेपछि नियन्त्रण तथा टोल सुरक्षा समिती निर्माण गरिएको वडा अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो। हाल सम्म भुजेल टोल – रबि स्कुल देखि गैरी टोल र नमुना चोक आसपास डिल्ली लिम्बुको संयोजकत्वमा समिती गठन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here