श्रावणी जलार्पण, रुद्राभिषेक तथा पुरुषोत्तम पूजा समापन

0
168

कनकाई ।

ढकालबन्धु हित तथा बंशावली एकीकृत समाजद्वारा आयोजित एक महिने श्रावणी जलार्पण, रुद्राभिषेक तथा पुरुषोत्तम पूजा समापन भएको छ ।

ढकाल बन्धुद्वारा केन्द्रीय कार्यालय भवन कनकाई धाम कोटीहोम परिसरमा साउनको पहिलो दिनबाट बिबिध कार्यक्रम सहित शुरु भएको एक महिने श्रावणी जलार्पण, रुद्राभिषेक तथा पुरुषोत्तम पूजाको समापन बिशेष कार्यक्रम गर्दै सम्पन्न गरिएको हो ।

समाजका जिल्ला उपाध्यक्ष तथा एक महिने श्रावणी जलार्पण, रुद्राभिषेक तथा पुरुषोत्तम पूजा कार्यक्रमका संयोजक भरतकुमार ढकालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य तारादेवी ढकालले बन्धुहरुको एकता अझ बलियो हुनुपर्नेमा जोड दिइन् ।

प्रमुख अतिथि ढकालले अक्षय कोषको लागि आफूले बर्षैपिच्छे रकम थप्दै जाने प्रतिवद्धता समेत जनाएकी थिइन् । कार्यक्रम संयोजक ढकालले एकमहिने श्रावणी जलार्पण, रुद्राभिषेक तथा पुरुषोत्तम पूजा कार्यक्रमको शुरुवाती चरणमा साउन १ गते बाट साउन ५ गतेसम्म पातञ्जल योग समितिसंँग सहकार्य गरेर योग शिविर समेत सञ्चालन गरिएको बताए ।

कार्यक्रममा समाजका केन्द्रीय लेखा संयोजक चूडामणि ढकाल, उपाध्यक्ष कृष्ण ढकाल, बिर्तामोड नगर अध्यक्ष पारसमणि ढकाल, अम्बिका ढकाल, जिल्ला अध्यक्ष रामप्रसाद ढकाल ,रेवत ढकाल , तिलोचन ढकाल, लोकराम ढकाल, डिल्लीराम ढकाल, कमल गाउँपालिका अध्यक्ष कृष्ण ढकाल लगायतले बोलेका थिए ।

कार्यक्रममा नगर सदस्यहरु लगायत ढकाल बन्धुहरुको उल्लेख्य उपस्थिति रहेको थियो । समापन कार्यक्रमको सहजीकरण जिल्ला समिति सचिब मोहन ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here