फुटबल तथा भलिवल खेलाडीहरुलाई गेम ड्रेस वितरण

0
72

बिराटनगर।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी कार्यालयका प्रदेश स्तरीय फुटबल तथा भलिवल खेलाडीहरुलाई गेम ड्रेस बितरण गर्नु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको परिसरमा एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रहरी प्रमुख बास्तोलाले प्रहरी खेलाडी टोलीका ३३ जना प्रहरी कर्मचारीलाई जुत्ता, ट्रयाकसुट, हाफपेन्ट तथा भेष्ट बितरण गर्नु भएको हो ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी तथा कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here