सर्पदंशः ५ महिनामै झापामा ४७३ जनाको उपचार

0
32

झापा ।

झापा सर्पदंश उपचारको मुख्यथलो बन्दै गएको छ ।

पछिल्लो समय झापामा सर्पदंश पनि बृद्धि भएको छ । सर्पदंश उपचार केन्द्र चारआली, नेपाल रेडक्रस सोसाइटी सर्पदंश उपचार केन्द्र दमक र सामुदायिक सर्पदंश उपचार केन्द्र सुरुङ्गामा ४ सय ७३ जनाले सर्पदंशको उपचार गराएका छन् । यो संख्या कोशीका अन्य जिल्लाको तुलनामा धेरै हो ।

कोशी प्रदेशमा झण्डै ८ सय जनाले सर्प दंशको उपचार गराएका छन् । जसमध्ये आधाभन्दा बढी सर्पदंशका विरामीको सपचार झापामा भएको हो ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार गतफागुनदेखि यो वर्षको असार मसान्तसम्मका े ५ महिनाको अवधिमा मात्रै कोशी प्रदेशमा ८ सय जना सर्पदशंका बिरामी भेटिएका छन् । जसमध्ये झापा पछि धेरै कोशी प्रदेशमा सर्पको टोकाइबाट प्रभावित जिल्लाहरूमा उदयपुर, मोरड, संखुवासभा पर्छन् ।

कोशी प्रदेशमा झापा, मोरङ र सुनसरीमा ३/३ वटा सर्पदंशको उपचार हुने अस्पताल वा केन्द्र रहेका छन् । मोरङमा कोशी अस्पताल विराटनगर, सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा र जिल्ला अस्पताल रंगेली छन् । कोशी अस्पताल बाहेक मोरङका दुई सर्पदंश केन्द्रले पूर्वाधारको अभावमा प्रभावकारी उपचार दिन सकेका छैनन् ।

उता सुनसरीमा जिल्ला अस्पताल इनरुवा, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरी छन् । नेपालभर ८८ स्थानमा सर्पदंश उपचार केन्द्र छन् । जसमध्ये झापा मोरङ र सुनसरीमा ९ वटा सर्पदंशको उपचार केन्द्र रहेका छन् । सर्पदंशका विरामीमध्ये ७७ जना विशालु सर्पको डसाईपछि उपचारका लागि आएका हुन् । बाँकी ७ सय २३ जना बिरामी अविसालु सर्प वा सर्पले टोके जस्तो लागेर अस्पताल आएको बताइएको छ ।

१ वर्षको अवधिमा सर्पको टोकाइबाट आएका बिरामीमध्ये १ सय २० जना बिरामी १४ वर्ष मुनिका रहेको अस्पतालले जनाएको छ । २ सय २ बिरामी १५ वर्षभन्दामाथि उमेर समूहका छन् । अस्पताल आएका बिरामीमध्ये सबैभन्दा बढी खेतवारीमा काम गर्ने मानिसहरू छन् । उपचारका लागि आएका बिरामीमध्ये २ जनाको मृत्यु भएको छ ।

कोशी अस्पतालका इमरजेन्सी विभागका सहइन्चार्ज कामेश्वर परिहस्त सर्पले टोकेका बिरामीहरू समयमै अस्पताल आइपुगेको खण्डमा उपचारमा कुनै कमी नहुने बताउँछन् । तर, अस्पतालमा बिरामीको शरीरमा विष फैलिई गम्भीर अवस्थामा पुगेका बिरामीलाई थप उपचार गर्नका लागि चाहिने भेन्टिलेटर भने पर्याप्त छैन ।

अस्पतालमा भेन्टिलेटरको अभाव भएको समयमा भने बिरामी अन्यन्त्र पठाउने गरेको इमरजेन्सी विभागका सहइञ्चार्ज परिहस्त बताउँछन् । यसरी बिरामी प्राइभेट हस्पिटल पठाउँदा बिरामी र तिनका आफन्तलाई उपचार खर्च धान्नै गाह्रो हुने गरेको छ ।

कोशी अस्पतालको इमरजेन्सी विभागमा जम्मा २ वटा मात्र भेन्टिलेटर छन् । फेरि ती अधिकांश समय खाली हुँदैनन् । गर्मीका बेला सर्पदंशका बिरामीकै लागि भनेर अस्पतालले अलग्गै भेन्टिलेटरको व्यवस्था गर्न सकेको छैन । ‘हामी कहाँ २ वटामात्र भेन्टिलेटर भएकाले कहिलेकाहीँ समस्या आउने गरेको छ’– इमरजेन्सी विभागका सहइञ्चार्ज परिहस्त भन्छन् ।

यद्यपि उनी नेपाल सरकारले दिँदै आएको एन्टी स्नेक भेनमको पर्याप्त मौज्दात हुने उल्लेख गर्दै दक्ष जनशक्तिको अभाव नभएकाले बिरामीलाई सकेसम्म बचाउने गरेको दावी गर्छन् । अस्पतालको इमरजेन्सी विभागमा १८ जना पारामेडिक्स र ७ जना चिकित्सकहरू सर्पदंशको उपचारका लागि तालिम प्राप्त छन् ।

उनका अनुसार कोशी अस्पतालमा सर्पको टोकाइबाट प्रभावित हुने धेरै बिरामीहरू खेती किसानी गर्ने छन् । बालबालिका पनि सर्पको टोकाइबाट उतिकै प्रभावित बनेका छन् । सर्पदशंका धेरैजसो बिरामी रंगेली, इनरुवालगायतका ठाउँबाट बढी मात्रामा आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here