चिनियाँ आपराधिक गिरोह संग राजनीतिक कनेक्शन

0
30

काठमाडौँ ।

संघिय राजधानी सहित नेपालमा चिनियाँ आपराधिक गिरोहको राजनीतिक कनेक्शन रहेको रहस्य खुल्न थालेको छ ।

चिनियाँ नागरिकहरु योजनावद्ध तबरबाट नेपालमा तस्करी, प्रविधि सम्बन्धी अपराधमा संलग्न पाइएको तर उक्त कार्यमा राजनीतिक कनेक्शन रहेको रहस्य खुल्न थालेको हो ।
१८ जुलाईमा हङकङबाट एक सय केजी सुन तस्करीको माध्यमबाट नेपाल ल्याइएको घटना खुलेपछि चिनियाँ गिरोहको नेपालमा संगठित अपराधमा भइरहेको सक्रियता बारे तथ्य प्रमाणहरु खुल्न थालेका छन् ।

१९ जुलाईमा भन्सार चेकप्वान्इट कटेपछि राजस्व अनुसन्धान विभागले ब्रेक सु मा लुकाई ल्याइएको सुन बरामद गरेको थियो । त्यसको भोलिपल्ट चिनियाँ नागरिक जीक्वाङ लिन भाग्न खोज्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेको थियो ।

जीक्वाङमाथि अनुसन्धान बढाउँदा अर्का चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरियो । पक्राउ परेका उनको नेपालको सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुसँग सम्बन्ध रहेको खुलेको छ । चीनसँग निकट मानिने माओवादी नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुनसँग छिरिङको सम्बन्ध रहेको पाइएको श्रोतको दाबी छ ।

राजस्व अनुसन्धान विभागका एक अधिकृतले हिन्दुस्तान समाचारलाई चिनियाँ तस्कर गिरोहको राजनीतिक कनेक्शनबारे अनुसन्धान भइरहेको बताएको छ । समाजिक सञ्जालमा छिरिङले माओवादीका उप महासचिव वर्षमान पुन र उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीसँग खाना खाइरहेको तस्बीर भेटिएको छ । पुनको चीनसँग बलियो सम्बन्ध रहेका माओवादी नेता हुन् ।
माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको सम्बन्ध इलेक्ट्रोनिक चुरोट भेपमा लुकाएर सुन तस्करी गर्ने गिरोह सँग रहेको खुलेको छ । २०२२ को डिसेम्बरमा भेपमा सुन लुकाएर ल्याउने गिरोहबारे खुलेपछि प्रहरीले यसै वर्षको जुलाईमा केही व्यक्तिलाई पक्राउ गरेको छ । चिनियाँ नागरिक दाओजिन वाङ भेपबाट सुन तस्करी प्रकरणमा ९ केजी सुन छुटाउन सक्रिय रहे ।
उनले पूर्वसभामुख महरालाई लगाएर यो प्रकरणमा सुन र पक्राउ परेकाहरुलाई छुटाउन दबाब दिएका थिए । उनका छोरा राहुल महरा पनि यो घटनामा मुछिएका छन् ।

सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको संलग्नता नेपालमा अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाउने, एप मार्फत् अवैध असुलीमा पनि रहेको छ । २०२२ को जुलाईमा काठमाडौंको ठमेल स्थित होटल भियनामा गैरकानूनी धन्दामा संलग्न चार चिनियाँ नागरिक पक्राउ परेका थिए । त्यो गिरोहमा दावा पनि थिए । तर, उनी फरार भएको थियो ।
२०१७ मा काठमाडौंमा अनलाइन ग्याम्बलिङ र अश्लील भिडियो देखाएर रकम असुल्ने गिरोहका १२२ चिनियाँ खोजीमा परेका थिए । यो घटनामा अधिकांश चिनियाँ फरार भएका थिए । पक्राउ परेकाले नेपाल प्रहरीलाई नै आक्रमण गरेका थिए ।

नेपाल प्रहरीका एक उच्च अधिकारी चिनियाँ गिरोहलाई देशभित्र र बाहिरको समेत राजनीतिक संरक्षण प्राप्त भइरहेको बताउँछन् । उनीहरु योजनावद्ध रुपमा नेपालमा अपराधको जालो फैलाइरहेका छन् । विशेषगरी आर्थिक अपराधमा उनीहरुको संलग्नता बढिरहेको छ ।

नेपालमा संगठित अपराधमा चिनियाँ गिरोह नै लागेको छ । उनीहरु काठमाडौंका विभिन्न स्थानमा घर भाडामा लिएर अपराध कार्यमा लागेको पत्ता लागेको छ । तर, राजनीतिक पहुँच र प्रभाव देखाएर प्रहरी कारबाहीबाट जोगिने गरेका छन् । कतिपय घटनाको अनुसन्धान नै अगाडि बढ्न दिइदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here