‘विश्वका नेपालीलाई भावनात्मक एकतामा जोड्ने प्रयास गरिरहेका छौँ’: इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी

0
58

पथरी शनिश्चरे,

ईन्ट्रा फाउण्डेशन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारी पथरीशनिश्चरे १० मा रहेको भुटानी शरणार्थी शिविर, शनिश्चरेमा आयोजित एक कार्यक्रममा विश्वभरका नेपाली समुदायलाई एकतामा जोड्ने प्रयास गरिएको बताउनुभएको छ।

उहाँले बिहीबार अपराह्न पथरीशनिश्चरे १० स्थित शरणार्थी शिविरमा स्वास्थ्य सेवा केन्द्रको स्थापनाका लागि सिलान्यास गर्दै सो कुरा बताउनुभएको हो। उहाँले हामी नेपालीहरु भावनात्मक एकतामा जोडिन सके संसारभर कसैले नेपालीलाई केहि गर्न नसक्ने भन्दै जुनसुकै देशमा बसेपनि नेपालीहरूलाई समस्या परेको बेलामा सहयोग पुर्याउन सकौं भन्नुभयो।

सोहि क्रममा उहाँले मेरो भोईस युनिभर्सल र मेरो डान्स युनिभर्सलको अन्तिम फिनालेको सन्दर्भलाई जोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न भएको मेरो भोईस युनिभर्सल र मेरो डान्स युनिभर्सलको समेत चर्चा गर्नु भएको थियो।

उहाँले उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्री दहालले लामो समयसम्म कार्यक्रमको प्रत्यक्ष अवलोकन गरी हौसला दिनु भएको भन्दै आगामी दिनहरुमा अझै केहि मानवीय सहयोगकालागि कार्य गर्ने हौसला र सल्लाह मिलेको बताउनुभयो।

यस्ता सांगीतिक कार्यक्रमहरुको आयोजना गरी नवप्रतिभाको खोजी गर्दै उनीहरूको जीवन सहज तुल्याउन मद्दत पुग्नेछ विश्वास लिदै संसारका जुनसुकै देशमा नेपालीहरू बसे पनि नेपालीहरूका बिचमा भावनात्मक एकता फैलाउनु मुख्य उदेश्य रहेको उल्लेख गर्नुभयो।

उहाँले सोहि अवसरमा झापा र मोरङ जिल्लामा शरणार्थी जीवन बिताउन बाध्य नागरिकको स्वास्थ्य सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यले एक स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिदिने बचन दिनुभएको छ। उक्त स्वास्थ्य केन्द्रको स्थापनाका लागि आवश्यक वजेट फाउण्डेशनले सहयोग पुर्याउने विश्वास दिलाउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here