धारागोला भ्युटावर नौ बर्षपछि सन्चालन

0
30

बुद्दशान्ती ।

झापा जिल्लाको अग्लो स्थानमा रहेको धारागोला भ्युटावर बिधिवत उदघाटन गरिएको छ । बुद्दशान्ती-७ मा रहेको सो स्थान निर्माणको ९ बर्ष पछि सन्चालनमा आएको हो । मङ्गलवार एक कर्यक्रमको आयोजना गरि बुद्दशान्ती गाउपाली उपाध्यक्ष भवानी प्रसाद खतिवडाले रिवन काटी उदघाटन गरेका हुन ।

बुद्दशान्ती गाउपालिका-७ का वडा अध्यक्ष चन्द्र भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा बुद्दशान्ति पालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद पोख्रेल, बुद्दशान्ती गाउपालीका ४ र १ का वडाध्यक्ष, राजनितिक दलका प्रतिनिधि, स्थानीय सामाजिक ब्यक्तित्व, जनप्रतिनिधि र स्थानीयको उपस्थित रहेको थियो ।

आदिवासी जनजातिको बाक्लो बसोबास रहेको सो स्थानलाई पर्यटकीय स्थानका रुपमा विकास गर्न नौ वर्ष अघिदेखि युवाहरु सक्रिय थिए । युवाहरुको सक्रियता र पछिल्लो समय तीनै तहका सरकारको सहयोगले धारागोला आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको वडा नं ७ का वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीले बातए । उनका अनुसार सङघ, प्रदेश र स्थानीय सरकारको हालसम्म सो स्थानमा रु एक करोड २० लाख ५६ हजार रुपैयाँ खर्च भइसकेको छ ।

स्तम्भ निर्माणको लामो समय बितिसकेका कारण यसको संरक्षण, संवद्र्र्धन र पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यले वार्षिक रु ६० हजार वडालाई तिर्ने सर्तमा ठेक्का लगाइएको उनकोे भनाइ छ । स्थानीय होटल व्यवसायी यामबहादुर लावतिले एक वर्षका लागि भ्युटावर ठेक्कामा लिएका छन ।

पछिल्लो समय सो स्थान पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । घुम्न आउने पर्यटकलाई ३० रुपैयाँ टिकट लाग्ने र १८ बर्ष मुनिकालाइ २० रुपैयाँ टिकट लाग्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here