दुर्घटनामा दुईको मृत्यु

0
589

हेटौडा, कार्तिक ३ – काठमाडौंबाट काँकडभिट्टा-झापातर्फ जान आइरहेको ना२ख ९० नं रात्रिबससाग हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख १२३३ नंको ट्रक हेटौडा-नारायणघाट खण्डको जयसिंमा गए राति १ बजे एकापसमा ठोक्किादा रात्रिबसका दुई यात्रुको घटनास्थलमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी बस्ने अन्दाजी ३३ वर्षीय किशोर कट्टेल र सुनसरी इनरुवा बस्ने २६ वर्षीय वसन्त मेहता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुर्घटनामा घाइते भएका २३ यात्रुको चितवन भरतपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ । बसचालक र ट्रकचालकलाई प्रहरी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here