११औं कोरीयन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसीपमा ‘सूतेडो’ सहभागी हुने

0
18

अर्जुनधारा ।

यही भदौ २७ देखि ३१ गते सम्म काठमाण्डौंको सातदोबाटोमा हुने ११औं कोरीयन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसीप–२०२३मा सूर्यज्योति तेक्वान्दो डोजाङ सहभागी हुने भएको छ ।

अर्जुनधारा नगरपालिकाको प्रतिनिधित्व गर्दै सहभागी हुने उक्त च्याम्पियनसीपमा डोजाङका सात जना खेलाडीले प्रतिष्पर्धा गर्ने डोजाङ प्रमुख एवम् अर्जुनधारा नगर तेक्वान्दो समितिका अध्यक्ष दीपेन्द्र दनुवारले जानकारी दिए ।

सहभागी हुने खेलाडीहरुमा गेरोगीतर्फ पुरुष ६३ केजीमा प्रदीप विश्वकर्मा, ५९ केजीमा आदर्श निरौला, ५४ केजीमा मनिष सार्की र राजकुमार दर्जी, ५१ केजीमा प्रीतु राई र ४५ केजीमा सविक श्रेष्ठ रहेका छन् । त्यसैगरी महिला पुम्सेतर्फ ६ र ७मा सीमुहाङमा सम्वाहाम्फे लिम्बू रहेकी छिन् ।

नेपालसहित १० देशका खेलाडीहरुको सहभागिता रहने उक्त च्याम्पियनसीपमा खेलाडी र अफिसियलसहित ९ जनाको टोली भदौ २५ गते काठमाण्डौं जाने बताइएको छ । च्याम्पियनसीपमा प्रतिष्पर्धा गर्ने खेलाडीहरु हाल बन्द प्रशिक्षणमा रहेका छन् ।

बन्द प्रशिक्षण, प्रतियोगितामा सहभागिता, यातायात, आवासलगायतमा अनुमानित दुई लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । यस किसिमको प्रतियोगिताबाट खेलाडीहरुको क्षमता अभिवृद्धी गर्न सहयोग पुग्ने हुँदा सम्बन्धित निकाय र सरोकारवालाहरु सबैले सहयोग गर्नुपर्ने नेपाल तेक्वान्दो संघ झापाका उपाध्यक्ष कुमार भट्टराईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here