रेडस्टार माविका जुनियर रेडक्रस सर्कलद्वारा वृक्षारोपण

0
16

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे ०७ को मायादेवी पार्कमा रेडस्टार माध्यमिक विद्यालयमा अध्ययनरत जुनियर रेडक्रस सर्कलमा आवद्ध विद्यार्थीहरुले वृक्षारोपण गरेका छन्।

मंगलबार नेपाल रेडक्रसको ६१ औं स्थापना दिवसको अवसरमा रेडस्टार माविका जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुले विभिन्न प्रजातिका विरूवाहरू रोपेका हुन्। नेपालमा २०२० भदौ १९ गतेका दिन नेपाल रेडक्रसको स्थापना भएको थियो।

उक्त पार्कमा अशोक,अमला,अम्बा, कल्की, निम, लगायत विभिन्न प्रजातिका ८० बढी बिरूवाहरू रोपिएको थिए। उक्त अवसरमा रेडस्टार जुनियर रेडक्रस सर्कलकी उपाध्यक्ष अनिसा राईको नेतृत्वमा भएको वृक्षारोपण कार्यक्रममा रेडस्टार माविका भाईस प्रिन्सिपल बसन्त मादेन, मायादेवी पार्ककी संचालक समिति अध्यक्ष कृष्ण कुमारी विक, सचिव जोन लिम्बु, शिक्षक नायक छविराज ढकाल, जुनियर रेडक्रस सर्कलका पदाधिकारी छात्र छात्राहरुले सकृय सहभागिता जनाएका थिए।

सोहि क्रममा विद्यालयका सहायक प्रधानाध्यापक बसन्त मादेन, पार्ककी संचालक समिति अध्यक्ष कृष्ण कुमारी विक र सर्कलकी उपाध्यक्ष अनिसा राईले गौतम बुद्धकी ममतामयी आमा मायादेवीको स्मृतिमा स्थापित पार्क क्षेत्रमा बृक्षारोपण कार्यक्रम संचालन गरिएकोमा मुक्त कण्ठले प्रशंसा तथा आभार प्रकट सहित धन्यबाद मन्तव्य राख्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here