सवारी दुर्घटनामा परी सहनीको मृत्यु

0
14

कमल ।

झापामा भएको सवारी दुर्घटनामा एक ब्यक्तिको मृत्यु भएको छ ।

मृत्युहुनेमा कमल गाउँपालिका ३ निवासी ३५वर्षीय बिरेन्द्र सहनी रहेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको वडा नम्वर ३ स्थित भित्री सडक खण्ड अन्तर्गत बगानेटोल क्याम्पा सडकमा मे ०२ प ५९२३ नम्वरको मोटरसाईकल र विपरीत दिशा बाट आउदै गरेको मे ११ प ९२०३ को मोटसाईकल आज बिहान पौने ११ बजे एक आपसमा दुर्घटना हुँदा सक्त घाईने भएका सहनीको उपचारका लागि दमक स्थित लाईफलाईन अस्पताल पुर्याउना साथ मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

दुर्घटनामा संलग्न सोहिठाउँ निवासी वर्ष २३ का रामभगत बुढाथोकी सामान्य घाइते भएका छन् । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी चौकी केर्खाका ईन्चार्ज रामकाजी कटुवालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here