रुपेश्वर शिव पाञ्चायन मन्दिरका दातालाई सम्मान

0
23

झापा, बिर्तामोड नगरपालिका ४ आनन्दगंजस्थित रुपेश्वर शिव पाञ्चायन मन्दिर निर्माणमा सहयोग पु¥याउने दातालाई एक कार्यक्रमकाबीच सम्मान गरिएको छ ।
आनन्दगंज भजन कीर्तन मण्डलीले २०५७ सालबाट वालादेवी खरेलको अध्यक्षतामा भजन कीर्तन गर्दै आएको र दाता छविलाल प्रसाईले मन्दिरका नाममा साढे ११ धुर जमिन प्रदान गरेसंगै दातासंग सहयोग जुटाएर रुपेश्वर शिव पाञ्चायन मन्दिर निर्माण शुरु गरिएको थियो । भजन कीतन २०७१ सालसम्म नियमित सञ्चालन गर्दै आएको र श्रीप्रसाद खरेलको नेतृत्वमा जग्गा खोजी गर्दै मन्दिर निर्माण कार्य अघि बढाइएको थियो ।
मन्दिर निर्माण सम्पन्नसंगै जग्गा दाता स्व. छविलाल प्रसाईकी धर्मपत्नी खगमाया प्रसाईलाई सम्मान गरिएको हो ।
बिर्तामोड साना सहकारी खानेपानी संस्थाका अध्यक्ष मेघराज वास्तोलाको प्रमुख आतिथ्य तथा मन्दिरका अध्यक्ष राजकुमार प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा दातालाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा रुपेश्वर शिव पाञ्चायन मन्दिरलाई जग्गा प्रदान गर्ने दाता छविलाल प्रसाई, गंगाप्रसाद प्रसाई, सुधीर कुमार शिवाकोटी, नन्दराम प्रसाई, चन्द्रप्रसाद खरेल, तीलमाया कार्की, चुणामणी पाठक, खड्ग प्रसाई, बिर्तामोड नगरपालिका, ४ नम्वर वडा कार्यालय,सन्तोष राजवंशी, खड्ग प्रसाई , राम राजवंशी, शेरवहादुर थापा , दीलिप वस्नेत, दिपेन्द्र समाल, राधा पाठक, प्रकाश शविाकोटी, सजेश शिवाकोटी, यम कार्की, खगेन्द्र मैनाली, देवी घिमिरे, सञ्जीव चापागाई, मानवहादुर श्रेष्ठ, गंगा उप्रेती कृष्ण उप्रेती, जगन्नाथ महत्तो, सुजाधर महत्तो, योगेन्द्र खरेल, मोहन खरेल ,उत्तम खनाल , नारायण खरेल , श्रीप्रसाद खरेल , रमेश थापा मगर, महेन्द्र पाठक , मेदनी पाठक, हरि दाहाल लगायत १६४ जना रहेका छन् ।
मन्दिरका सल्लाहकार समिति संयोजक गंगाप्रसाद प्रसाईले स्वागत गरेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका निर्वतमान अध्यक्ष सजेश शिवाकोटी, सामाजिक व्यक्तित्व शेरवहादुर थापा, युवा व्यवसायी मिजास पोखरेल लगायतको आतिथ्य रहेको थियो ।
सो समारोहमा तीज मिलन समारोह समेत आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी महिला दिदी वहिनीहरुलाई सामुहिक दर खुवाइएको थियो ।
कार्यक्रमको सञ्चालन रुपेश्वर शिव पाञ्चायन मन्दिरका सचिव चन्द्र प्रसाद खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here