अर्जुनधारा ६ मा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै तीज मिलन

0
13

झापा, सेवा मुलक बचत समूह अजुृनधारा ६ ले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
ग्रामीण सेवा समुदाय क्लवमा ज्येष्ठ नागरिकलाई सामुहिक रुपमा दर खुवाउँदै १३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मानित हुनेहरमा खुलानन्द पोखरेल, पवित्रादेवी पोखरेल, राधादेवी सुवेदी,मनमाया कोइराला,लक्ष्मी माया अधिकारी, फडिन्द्र कुमारी कोइराला, तीलमाया खड्का, नारायण प्रसाद अधिकारी, तिलोत्तमा आचार्य, चन्द्र प्रसाद चापागाई, डम्मरकुमारी पाठक, डिल्लीमाया गौतम र पवित्रा वराइली रहेका छन् ।
यसैगरी एसईई परीक्षामा उत्कृष्ट अंक् प्राप्त गर्दै उच्च शिक्षा अध्ययन गर्दै गरेकी छात्रा अनुपा याक्सो लिम्बू लाई पुरस्कृत गरिएको छ ।
सेवा समुदाय वचत समूहका संयोकज मोहन विकको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष हरिसचन्द्र वास्तोलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा वडा नम्वर ६ कि वडा महिला प्रतिनिधि रमादेवी निरौला काफ्लेको विशेष आतिथ्य रहेको थियो ।
सेवा मूलक बचत समूहका सल्लाहकार तथा पूर्व शिक्षक इन्द्रप्रसाद पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिनेश आचार्यले गरेका थिए ।
समारोहमा विभिन्न मनोरञ्जनातमक खेल र संगीनी खेलेर वृद्धवृद्धालाई मनोरञ्जन समेत प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here