प्रदीप श्रेष्ठ बचाउ अभियानको आधिकारिक प्रमाण बिना आर्थिक सहयोग नगर्न आग्रह

0
13

लक्ष्मीपुर ।

‘प्रदिप श्रेष्ठ बचाउ अभियान’ का नाममा केही ब्यक्तिहरुले उपचारमा सहयोग गर्न भन्दै बिभिन्न स्थानमा आर्थिक सहयोग लिएको खुलासा भएको छ ।

दुबै मृगौला खराब भएर उपचारत झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का २५ बर्षिय प्रदीप श्रेष्ठलाई उपचारमा सहयोग गर्न भन्दै अपरिचित दुई ब्यक्तिले आर्थिक संकलन गरेको समितिका जानकारी आएको हो ।

उनीहरुले झापाको अर्जुनधारा–५ स्थित पाण्डवपुर, पानीकल, बिर्तामोड–२ स्थित बेलडाँगी, कनकाई ७ स्थित चम्पापुरलगायतका स्थानमा सहयोग माग्दै हिडेको जानकारीमा आएकोले त्यस्ता ब्यक्तिलाई आधिकारिक प्रमाण विना सहयोग नदिन प्रदिप श्रेष्ठ बचाउ अभियान समित अर्जुनधारा–५ ले सवैमा आग्रह गरेको छ ।

दुई जनाको अपरिचित समुहले कुनै आधिकारिक प्रमाण बिना कपीमा नाम लेखेर सहयोग लिने गरेको समितिमा जानकारी आएको समितिका सदस्य अर्जुन रेग्मीले बताएका छन् ।

त्यसरी कुनै प्रमाण बिना र समितिको आधिकारिक ब्यक्ति भएको प्रमाण विना सहयोग नगर्न र त्यस्ता ब्यक्ति कहिकतै भेटिए तथा देखिए सम्बन्धित समितिमा सम्पर्क गरिदिनसमेत प्रदिप श्रेष्ठ बचाउ अभियान समितिले सवैमा आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here