नेपाली सेनाले शुरु ग¥यो फलफूल खेती तालिम

0
14

झापा, नेपाली सेनाले व्यवसायिक फलफूल खेती सम्बन्धि तालिम शुरु गरेको छ ।
शनिवारबाट झापाको बिर्तामोड–१०स्थित तेलकानी पोखरी परिसरमा श्री २१ नम्वर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापाले फलफूल खेती सम्बन्धि तालिमको उद्घाटन गरेका हुन् ।
तालिममा ६० जनाभन्दा धेरैको सहभागिता रहेको छ । यस्ता तालिमले नेपाली सेनाका सकल दर्जाहरु, अवकास पश्चात विदेशिने बाध्यात्मक परिस्थितिमा सुधार आई सैनिक व्यक्ति तथा आश्रित परिवारलाई स्वदेशमा नै कृषि क्षेत्रमा लाग्न प्रेरित गर्ने सहायक रथी थापाले बताए ।
नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालय अन्तरगत रहेको हरितकारी कल्याणकेन्द्र कोशी प्रदेश इटहरीद्वारा प्रत्येक वर्ष विभिन्न जिल्लामा बसोवास गर्ने भूपू सैनिक तथा आश्रित परिवार, एकल महिला र वहालवाला सैनिक परिवारको जीवनस्तर अभिवृद्धि गर्न सिपमूलक तथा आय–आर्जनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको नेपाली सेनाले जनाएको छ ।
भदौ २९ गतेसम्म सञ्चालन हुने व्यवसायिक फलफूल खेती तालिमको उद्घाटनमा हरियो तरकारी कल्याणकारी केन्द्रका प्रमुख ध्रुव दाहाल, अरिदमन गणका निमित्त गणपति सेनानी अभिषेक विष्ट, तेलकानी पोखरी संरक्षण समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here