बसले ठक्कर दिँदा एक पुरूषको ज्यान गयो

0
17

पथरीशनिश्चरे,

मोरङको उर्लाबारी नगरपालिका वडा नं.- ६ स्थित पूर्ब पश्चिम राजमार्गमा बसले ठक्कर दिँदा एक पुरूषको ज्यान गएको छ।

बुधबार साँझ ५:३५ बजेतिर प्रदेश १-०१-००१ ख ४११२ नम्बरको बसले ठक्कर दिंदा नामथर वतन नखुलेका एक पुरूष व्यक्तिको निधन भएको हो।

अन्दाजी ६५/७० बर्ष देखिने श्याम्लो वर्ण, लामो दाह्री पालेको (फुलेको) र पहेलो कुर्ता लगाएको , घाटीमा राम नामको पहेंलो गाम्छा बेरेको हुलिया भएका ति घाईते पुरुषलाई तत्काल उपचारको लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे पुर्याइएको थियो। अस्पताल पुग्ना साथ डाक्टरले ति पुरूषलाई मृत घोषणा गरेका थिए।

मृतकको लाश सोहि अस्पतालमा राखिएको छ भने हालसम्म पनि निज मृतकको परिवार/आफन्त कोहि पनि सम्पर्कमा नआएको जनाएको छ। प्रहरीले चिन्ने जो कोहिले ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङको फोन नम्बर ९८५२०९०१३६ मा सम्पर्क राख्न अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here