आज बाबुको मुख हेर्ने दिन

0
13

ज्यो. सूर्य कुइँकेल,

हिन्दू दर्शनमा त्यो पनि विशेषगरी नेपालमा आमा, बुबा र गुरुलाई देवता समान मान्ने गरिन्छ । हाम्रो समाजमा धेरै सामाजिक मूल्य र मान्यताहरु छन् । पितृदेवो भवःको मूल्य र मान्यतामा आधारित रहेर बाबुको मुख हेर्ने दिन अलि पछिल्लो समयमा मनाउन थालिएको छ ।

नेपाली पात्रो अनुसार यस वर्ष भाद्र २८ गते बिहीबार बाबुको मुख हेर्ने दिन परेको छ । तथापि आमाको मुख हेर्ने जतिको उल्लासमय रुपमा भने यसलाई लिइँदैन । कुशे औंशीलाई हाम्रो समाजमा बाबुको मुख हेर्ने दिनको रुपमा लिइन्छ । तर, आमाको मुख हेर्ने दिनको चर्चा जति गरिन्छ, बाबुको मुख हेर्ने दिनको चर्चा त्यो भन्दा निकै कम गरिन्छ । समाजले आमालाई धर्तीको विम्वको रुपमा व्याख्या गर्छ भने त्यही समाजले बाबुलाई आकाशको रुपमा कहिल्यै हेर्दैन भनिन्छ । यदि आमाले धर्ती बनेर आश्रय दिन्छिन् भने बाबुले पनि आकाश बनेर अपार र अतुलनीय संरक्षण गरेको हुन्छ ।

हाम्रो समाजमा मात्र होइन, विश्वभरी नै आमाको मुख हेर्ने दिनको भन्दा बाबुको मुख हेर्ने दिनको चर्चा कम गरेको पाइएको छ । यसको मतलब के बाबुहरुको परिवारप्रतिको जिम्मेवारी भूमिकाको मूल्याङ्कन नगरिएकै हो त भन्ने सवालहरु आउन थालेका छन् । परिवारमा बाबुको भूमिका धेरै हुन्छन् । परिवारको लागि रोटी विजेता हो– बुबा ।

बच्चा वा छोराछोरीहरु माथि अभिनेताको भूमिका गर्ने पात्र हो– बुबा । अनुशासन, साथीत्व, निर्देशन र दार्शनिकताले छोराछोरीको मन, सोच र भविष्यलाई आकार दिने र साकार पार्ने कुमाले हो– बुबा । चाहे बाबुहरुको चरित्र जस्तो भए पनि आप्mना बच्चाहरुका लागि उनीहरु मधुर धड्कन नै हुन्छन् र उनीहरुको प्रभाव आप्mना बच्चाहरु माथि निरन्तर रहेको हुन्छ ।

बाबु भनेको नै एउटा परिवार हो । जहाँ ऊ आप्mना आश्रितहरु माथिको अभिनेता भइसकेको हुन्छ । र, ऊ परिवारमा बच्चाहरुको एउटा यस्तो नायक हो, जसले उसको वा उनको व्यक्तित्वको आकार निश्चित गरिदिन्छ । हुन त आप्mना सन्तान माथि आमाको महत्व र माया जति महत्वपूर्ण केही पनि छैन, तर त्यहीँ आमाको न्यानो काखमा हुर्किएको बच्चाको वास्तविक व्यक्तित्व उही बाबुको भूमिकामा निर्भर गर्दछ ।

सन्तानको सपना साकार गरिदिन उनीहरुको लक्ष्य प्राप्तिका बाटाहरुमा आइपरेका समस्याहरुलाई परिपूर्ति गरिदिँदै विश्वलाई नियाल्नका लागि आत्मविश्वास र साहसको आँखा प्रदान गर्ने भूमिका बाबुको नै हुन्छ । त्यसैले सन्तानको खुशी पूरा गर्ने प्रयत्नमा आप्mना रहर र खुशीहरु बिर्सिने त्यो वास्तविक जीवनको पात्र बाबु हो ।

बाबुका लागि पैतृक अवस्था चुनौति र प्राप्ती दुबै हो । चुनौति त्यसरी हो, जहाँ बाबुले आप्mना सन्तानको उच्च शिक्षा, संस्कार र आर्थिक आवश्यकताहरु पूरा गर्दै सन्तानलाई सबल र जिम्मेवार नागरिक बनाउने मोटो जिम्मेवारी लिनुपर्छ । जहाँ उसले सन्तानको खुशी र आवश्यकता पूरा गर्दागर्दै आप्mनो अवश्यकता बिर्सिकेको हुन्छ भने प्राप्ती त्यसरी हो, जहाँ बाबु आप्mना सन्तानहरु देखेर आनन्द मान्ने, आप्mनो मेहनतका कारण उनीहरुले गरेको सफलतामा रमाउने, दिन प्रतिदिन उनीहरु बढ्दै गएरहेको देखेर मख्ख पर्ने, उनीहरुको इच्छा आफूले पूरा गरिदिन सकेकोमा रमाउने र कामबाट बेलुका घर फर्कदा आप्mना सन्तानहरु आप्mनो आगमनमा खुशीले रमाउन थालेपछि दिनभरिको थकान र कामको चाप सबै बिर्सिएर मनमनै रमाउँछ । त्यसैले बाबुको अवस्था भनेको अनिश्चित मागहरुको अवस्था र केही चीजहरुको प्राप्ती हो ।

परिवारका लागि यस्तो ठूलो जिम्मेवारी र जोखिम बहन गर्ने बाबुहरुका लागि समाज उदार भएको पाइँदैन । बत्तीमुनी अध्यारो भए जस्तै उही सन्तानका लगि आमाको भूमिका व्याख्या गर्ने कवि, पत्रकार र लेखकहरुले समेत बाबुको महानतामा त्यति लेखेका छैनन्, जति आमाको लेखेका छन् ।

हुन त बर्षमा एक पटक कुशे औंशीको दिन बाबुलाई टक्र्याउने उपहार, मिठाई र सम्झना मात्र बाबुले सन्तान माथि देखेको सपना होइन । एउटा बाबुले जहिले पनि सन्तानको उन्नती, प्रगति र सफलता देख्न अनि वृद्धावस्थामा साथको अपेक्षा गरेको हुन्छ ।

जसरी ऊ आप्mना सन्तानहरु साना छँदा सहारा दिएको हुन्छ । त्यसैले आजको पुस्ताले बाबुले आफूमाथि देखेको सपनालाई गम्भीरतापूर्वक बुझेर त्यसै अनुसार कर्म गर्दै जानुपर्छ । किनकि कुनै पनि बाबुले आप्mना सन्तानमाथि कहिल्यै पनि नराम्रो सोचेको हुँदैन । सबै पिताहरुमा कुशे आंैशीको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here