अवैध सामान बरामद

0
13

पथरीशनिश्चरे,

मोरङको विराटनगर महानगरपालिका वडा नं.-११ बसपार्कस्थित अवैध कपडा प्रहरीले बरामद गरेको छ।

बुधबार पैदल टाउकोमा बोकी ल्याउँदै गरेको कपडाहरू (कुर्था सुरुवाल, सर्ट, लेगिज, भेष्ट) आदि र किराना सामानहरू गरी जम्मा २ लाख ७ हजार ९ सय ९० रूपैयाँ बराबरको प्रहरीले बरामद गरेको थियो।

अन्दाजी १ लाख,६३हजार ७५०रूपैया बराबरको कपडाहरू र ४४ हजार मुल्य पर्ने किराना सामानहरु सगरी जम्मा २लाख ०७हजार ९ सय ५० रूपैयाँ बराबरको सामान वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको थियो।

प्रहरीलाई देख्नासाथ अवैध सामान ओसारपसार गर्नेहरूले सामानहरू छाडी फरार रहेका थिए। उक्त बरामद गरिएका सामानहरू उपर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here