अग्रज पत्रकार झालाई कोशराज स्मृति पुरस्कार

0
24

झापा , अग्रज पत्रकार धर्मेन्द्र झालाई कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । हाल राट्रिय समाचार समिति ९रासस० अध्यक्ष छन् ।

पुरस्कार आयोजक पिताम्बर खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासंघ मोरङ शाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा झालाई पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले उनलाई २५ हजार नगद राशीको पुरस्कार र सम्मानपत्र प्रदान गरे ।

लामो समयदेखि पत्रकारितामा पुर्याएको योगदानको कदर स्वरुप झालाई सम्मान गरिएको पत्रकार महासंघ मोरङले जनाएको छ ।

कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार ०४५ सालदेखि निरन्तर मोती जयन्तीको अवसर पारेर प्रदान गरिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here