झापाका पाँच जना अग्रज स्रष्टालाई दीर्घ साधना सम्मान

0
21

झापा । साहित्य, संगीत र कलाको संगम साहित्य चौतारी झापाले मासिक सांगीतिक काव्य सभा र श्रष्टा सम्मान एकसाथ गरेको छ ।
५९ औं बाल दिवस तथा १ सय ५८ औं मोति जयन्तीको अवसर पारेर झापाका विभिन्न पाँच जना अग्रज स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरिएको हो ।
साहित्य चौतारीको श्रीवृद्धिमा सहयोग गरी अभिभावकीय भूमिका निर्वाह गर्ने स्रष्टा सर्जकहरुलाई राष्ट्रिय बाल दिवसमा तथा मोति जयन्तीको अवसरमा सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा आख्यानकार तथा साहित्यकार पुन्यप्रसाद खरेल,शिक्षा सेवी तथा प्राज्ञ यज्ञराज प्रसाई, बरिष्ठ साहित्यकार तथा शिक्षासेवी जय नारायण ढुङ्गाना, हरिनारायण भट्टराई र डिल्लीराम नेपाल रहेका छन् ।
स्थापनाकालदेखि जोडिएर साहित्य चौतारीको उद्देश्यमा उल्लेखनीय योगदान दिए वापत स्रष्टाहरुलाई दीर्घ साधना सम्मान प्रदान गरिएको संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए ।
प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको स्वागत साहित्य चौतारी झापाका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले गरेका थिए ।
यसअघि अघिल्ला मासिक सांगीतिक काव्य सभाका अवसरमा साहित्य चौतारीले अग्रज स्रष्टाहरू विजय खरेल, लीला उदासी, भवानी क्षेत्री र हरिचरण बानियाँलाई दीर्घ साधना सम्मान प्रदान गरिसकेको छ ।
गतसाता मात्रै साहित्य चौतारीको टोलीले इलामस्थित निजी निवासमा पुगेर गायक तथा संगीतकार कुबेर राईलाई दीर्घ साधना सम्मान प्रदान गरेको थियो ।
अस्वस्थ भएर घरमा स्वास्थ्य लाभ गरिरहेका बेला आर्थिक सहयोगसहित राईलाई उक्त सम्मान प्रदान गरिएको साहित्य चौतारीका संस्थापक श्रेष्ठले बताए ।
साहित्य चौतारीले बालदिवसको अवसरमा बाल प्रतिभाबीच नृत्य, गायन, कविता पनि सम्पन्न गरेको छ । फरक प्रयोग स्वरुप प्रतियोगीताको प्रमुख अतिथि बाल प्रतिभा दिया अधिकारी रहेकी थिइन ।
हरेक वर्ष बालप्रतिभा बीच भएको प्रतिस्पर्धामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने उत्कृष्ट प्रतिभालाई आगामी वर्षको कार्यक्रमका लागि साहित्य चौतारीले प्रमुख अतिथि बनाउँदै आएको छ ।
गायनतर्फ भएको प्रतियोगितामा अर्पण सिटौला प्रथम, प्रतिक्षा भट्टराई द्वितीय र सन्ध्या भट्टराई तृतीय भएका छन । त्यस्तै नृत्यतर्फ इतिसा मुखिया प्रथम, प्रेसा राई द्वितीय र साया सुवेदी तृतीय तथा कवितातर्फ विद्या सिग्देल उत्कृष्ट भएकी थिइन ।
विद्यालयमा साहित्य कार्यक्रम अन्तर्गत छनोट भएका विद्यार्थीहरुबीच भएको फरक तीन विधामा उत्कृट प्रथम द्वितीय र तृतीयहरुलाई साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, सम्मानित जयनारायण ढुङ्गाना र हरिनारायण भट्टराईले प्रमाणपत्र सहित नगद उपहार प्रदान गरेका थिए ।
कालजयी अमर सर्जक फत्तेमान राजभण्डारीको १० औँ स्मृति दिवसको अवसरमा साहित्य चौतारी सांगीतिक काव्य सभाद्वारा उनीलाई सम्झिएको थियो ।
१० औं स्मृति दिवसको अवसरमा उनीका कालजयी सिर्जनाहरु सांगीतिक काव्य सभामा गुञ्जयमान भएक गराईएको थियो । प्रतिभाको पहिचान र संरक्षणमा साहित्य चौतारी लागिरहने साहित्य चौतारीका संस्थापक संरक्षक श्रेष्ठले बताए । कार्यक्रममा आफ्नो जन्म दिनलाई विशेष बनाइदिएकामो साहित्य चौतारी कार्यसमिति परिवार सम्पूर्ण सष्टाहरुप्रति आभार ब्यक्त गरे ।
चौतारीले २०६२ सालमा फत्तेमानलाई प्रमुख अतिथि बनाएको थियो । कार्यक्रममा बाल प्रतिभा भ्वाइस अफ किड्स्की सेकेन्ड रनर अफ अनुजा कडरियाले फत्तेमानलाई सम्झदै आफ्नो प्रस्तुति दिएकी थिइन ।
संस्थाका अध्यक्ष हस्त परियारको अध्यक्षतामा सम्पन्न काब्यसभामा साहित्य चौतारीका सल्लाहकार सदस्य राजेन्द्र प्रसाद संग्रौला,अनिरुद्र ओली, साहित्यकार तथा पूर्व अध्यक्ष केशव भट्टराई, संगितकर्मी हरी काफ्ले, प्रेस सल्लाहकार सुब्रत न्यौपाने, सह सचिव खगेन्द्रा खुशी, पुर्व सचिव दिलिप धिमिरे लगायत नौमति बाजा समूहका प्रतिनिधिहरु उपस्थितिमा भव्यरुपमा काब्य तथा सांगितिक सभा सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन चौतारीकी सदस्य सुनिता तामाङले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here