प्रतिभा पहिचान महिला समूहद्वारा प्रतियोगितात्मक नृत्य कार्यक्रम

0
13

पथरीशनिश्चरे,

प्रतिभा पहिचान महिला समूह पथरीशनिश्चरे -०३ विरेन्द्रनगरले तीज विशेष कार्यक्रमको अवसरमा प्रतियोगितात्मक नृत्य कार्यक्रम आयोजना गरेको छ।

विवाहित तथा अविवाहित महिला दिदीबहिनीहरुका लागि नृत्य प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा १८ जना अविवाहित तथा १९ विवाहित गरी कुल ३७ जनाले सहभागिता जनाएका हुन्।

प्रतियोगितामा विवाहित तर्फबाट प्रथम,दृतिय, तृतिय तथा सान्त्वना क्रमशः विपना मिश्र, जमुना पोख्रेल, विमला ढकाल र रिना मण्डल भएका थिए भने अविवाहित तर्फ प्राश्ना लुईंटेल, भरोसा विक,दीपा तामाङ र सोनिया तिम्सिना क्रमशः प्रथम, दृतिय, तृतिय र सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। उक्त अवसरमा विजयी प्रतियोगीहरूलाई फूल, अबिर , आंखोरा सहितले पुरस्कृत गरिएको थियो।

वडा नं ३ का वडाध्यक्ष विजय लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि सीता अधिकारी, साहित्यकार कृष्ण प्रसाद अधिकारी, शिक्षासेवी भुवनेश्वर पोख्रेल, विरेन्द्र साकोसकी देवी घिमिरे, लगायतको उपस्थिति रहेको थियो। सो प्रतियोगिताको निर्णायक भूमिकामा रन्जिता बराल, विमला पोखरेल र मनिषा तिम्सिना रहनुभएको थियो।

प्रतियोगिताको अध्यक्ष गोमा कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन स्थानीय शिक्षिका देवीमाया लुईटेलले गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here