रोङमा अभिभावक शिक्षा सञ्चालन हुदै

0
16

गणेश अर्याल,इलाम ।

इलामको रोङ गाउपालिकाले शिक्षाको गुणस्तर सुधार गर्न अभिभावक शिक्षा सञ्चालन गर्ने भएको छ । शिक्षाको गुणस्तर कायम गर्न शिक्षक र बिद्यार्थी मात्रै जिम्बेवार भएर नपुग्ने भएकाले अभिभावक शिक्षा सञ्चालन गर्न लागेको हो ।

गाउकार्यपालिकाले कार्यबिधि बनाएर अभिभावक शिक्षा सञ्चालन गर्न लागेको गाउपालिकाले जनाएको छ । कार्यबिधि अनुसार महिनाको एक दिन अभिभावकहरुलाइ बिद्यालयमा बोलाएर बिद्यालयको चुनौति, जिम्बेवारी र नीति नियम लगायतको बारेमा अभिभावकलाई जानकारी दिन अभिभावक शिक्षा सञ्चालन गरिने छ ।

कक्षा ८ देखि १२ सम्मका बिद्यार्थीको अभिभावकहरुलाई बिद्यालयमा बोलाएर अभिभावकको भूमिका, अभिभावकले छोरा छोरी प्रति गर्ने भूमिका के हो भन्ने बारेमा कक्षा मै राखेर पढाइने कार्यक्रम बनेको छ ।

अभिभावकलाइ बिद्यालयमा हाजिरी नै गराएर उपस्थिति रेकर्ड राखिने तथा सो दिन बिद्यार्थीलाई भने घरमा नै अभिभावकको दैनिक कामको जिम्बेवारी सम्हाल्न बिद्यालयबाट बिदा दिइने भएको छ ।

शिक्षामा भएको सबै दोष शिक्षकमा थुपार्ने गरिएको बर्तमान अवस्थामा परिबर्तन ल्याउन शिक्षामा क–कस्ले कसरी जिम्बेवार हुदै शैक्षिक गुणस्तर कायम गर्न सकिन्छ भनेर अभिभावक शिक्षा सञ्चालन गर्न लागिएको गाउपालिका अध्यक्ष मणिकुमार स्याङबोले जानकारी दिए ।

रोङ गाउपालिकामा जम्मा ३० वटा बिद्यालय सञ्चालनमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here