विपन्नको घरको निर्माणका लागि सहयोगको याचना

0
12

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे ०८ निवासी खुट्टाको उपचार पश्चात् घरमा आराम गरिरहेका हर्कबहादुर माझीको परिवारको सुरक्षित आवास र शौचालय निर्माणको लागि अनुरोध गरिएको छ।

मंगलबार वडा नं ०८ का वडा अध्यक्ष नवीनजंग कार्कीले अति विपन्न विमारी माझीको सुरक्षित बस्ने घर र शौचालय पनि नभएको भन्दै निर्माणको लागि सहयोगको याचना गरेका हुन् ।

विगत ५ महिना अघिदेखि घुंडा मुनि मांसपेशी कुहिएर झुपडीमा थलिईएकै अवस्थामा भेटेर केही दिन अघि वडाध्यक्ष कार्कीको पहलमा बिमारी माझीलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरेका थिए। त्यहाँ केही दिनको उपचारपछि उनी अहिले आफ्नै घरमा आराम गरिरहेका छन् ।

उनको उपचारका लागि देश तथा बिदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग प्रदान गरेका थिए। सोहि क्रममा संकलन भएको रकमबाट वडा कार्यालयले अब चांडै जग्गा जमिनविहीन उनको एउटा पक्की घर र शौचालय बनाइदिने जनाएको छ।सोका लागि केहि रकम अपुग भएको भन्दै वडा अध्यक्ष कार्कीले आर्थिक सहयोगको अपिल गर्नुभएको छ । उनले ढुङ्गा, गिट्टी, बालुवा, रड, सिमेन्ट लगायतका निर्माण सामाग्री अथवा आर्थिक सहयोग गर्न सक्ने जनाएका छन्।’

आर्थिक सहयोगका लागि वडा कार्यालयले फोन नं ९८४२०३४९१५ वा क्यू आर कोड नं उपलब्ध गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here