चीनमा बढ्दै छ बेरोजगारीको असर

0
9

काठमाण्डौं ।

यो वर्षको अप्रिलमा चीनमा भएको एक सर्वेक्षणमा १६ देखि २४ वर्ष उमेरका समूहका युवाको बेरोजगारी २० दशमलव ४ प्रतिशत देखियो। यो आफैमा एउटा कीर्तिमान हो। त्यसको एक महिनापछि नै विश्वविद्यालय र व्यावसायिक शिक्षालयबाट थप एक करोड १६ लाख पास आउट भए। यिनको व्यवस्थापन त झन् चिन्ताको विषय हुँदै हो।

कोभिड महामारीका कारण लिइएको जिरो कोभिड नीति र त्यहाँ लगाइएको लकडाउन संसारका अन्य देशको तुलनामा कष्टकर र आर्थिक रूपले क्षतिजन्य थियो नै। तर त्यस समयमा भन्दा बेरोजगारी समस्या अहिले छ। कोरोना महामारी अगाडिको भन्दा पनि बेरोजगारी समस्या अहिले धेरै छ। अन्य देशमा भने कोरोना कालमा भन्दा पछिल्लो समय बेरोजगारी समस्या घटेको छ।

उदाहरणको लागि अमेरिकामा सन् २०२० मा बेरोजगारी समस्या पिकमा पुगेको थियो। सो समयमा १४ दशमलव ८५ प्रतिशत बेरोजगारी समस्या थियो। २०२१ मा त्यो घटेर ९ दशमलव ५७ तथा अहिले ६ दशमलव ५ भएको छ।

राष्ट्रिय तथ्यांक विभागका प्रवक्ता फु लीगुइले पत्रकार सम्मेलनमा जनाए अनुसार नै अगस्ट महिनादेखि ग्रामीण क्षेत्रको बेरोजगारीको तथ्यांक सार्वजनिक गरिएको छैन। उनले शिक्षित बेरोजगारीको तथ्याङ्कले पढाइप्रति निराशा बढ्ने भएका कारण यो बन्द गरिएको बताए। उनले अन्यको हकमा बेरोजगारी यथावत् रहे पनि शिक्षित बेरोजगारीको सङ्ख्या गत वर्षको भन्दा बढी भएको बताए।

केही श्रोतहरूका अनुसार साँचो बेरोजगारीको सङ्ख्या तथ्याङ्कमा देखाइए भन्दा बढी हुन सक्छ। दुई महिनाअघि चीनको परिचित म्यागेजिन काइजीनले पेकिङ विश्वविद्यालयका प्राध्यापक झाङ डानडानलाई उद्धृत गर्दै चीनको युवा बेरोजगारी समस्या ४६ दशमलव ५ प्रतिशतसम्म हुनसक्ने जनाउँदै १ करोड ६० लाख युवा अभिभावकसँग बस्ने तथा रोजगारीका लागि इच्छुक नभएको जनाएको छ। सेन्सर गरेर त्यो लेखलाई हटाइएको थियो।

युवा बेरोजगारीको विषय उठान नै गर्न रोक जस्तै लगाइएपछि सामाजिक सञ्जालमा समेत आक्रोश देखिएको छ। सामाजिक सञ्जालमा युवा बेरोजगारीको समस्या अत्यन्त बढी भएको उल्लेख गरिएको छ। त्यहाँको सामाजिक सञ्जाल वेइबोमा एउटा कमेन्टमा पाँच हजार बढी लाइक भएको थियो। ‘आँखा बन्द गर्ने हो भने केही पनि थाहा हुँदैन,’ कमेन्ट थियो।

व्यङ्ग्यात्मक भाषामा तथ्यांक विभागका कर्मचारीलाई समेत बेरोजगार बनाएको आशयको कमेन्ट पनि धेरै भएका थिए। एक ड्राइभरले आफ्नो कम्पनीमा कुनै नयाँ कर्मचारी नभएको उल्लेख गर्दै अत्यन्त न्यून पारिश्रमिकमा काम गरीरहेको उल्लेख गरे।

युनान प्रान्तमा एक २३ वर्षीय युवाको त उनको योग्यताको कारण नाम नै प्रकाशित भएन। उनी राम्रो तलबका लागि गोङडोङ प्रान्तमा पुगेका थिए। त्यहाँ पनि राम्रो जागिर नपाए पछि उनी घर फर्किएका छन्। उनले थुप्रै कम्पनीमा बायोडाटा पठाएका थिए। त्यसमा धेरैले वास्ता नै गरेनन्। वास्ता गरुन् पनि कसरी टाट पल्टिएर सञ्चालनमा नै धौ धौ परेका थिए ती ठुला कम्पनी पनि।

अहिले चिनियाँ नेताहरुलाई यसको खासै चासो नै देखिएको छैन। यसरी चासो नदिँदा यो बेरोजगारीको दर बढ्दै गएर ५० प्रतिसतसम्म पुग्न सक्ने चेतावनी पनि दिन थालिएको छ। यसको असर कत्ति समयसम्म पर्छ भन्ने कुराको कुनै ठेगान नै छैन।

चीनमा लामो समय एक सन्तान नीति रहेको थियो। त्यसै नीति अन्तरगतका दाजुभाइ र दिदीबहिनी बिहीन पुस्ता चीनमा बढी रहेको छ। यो बेरोजगारीको सबै भन्दा ठुलो समस्या भनेको खलबलिएको सामाजिक संरचना हो। चिनियाँ समाजमा अपराध बढ्दै गएका समाचार पनि प्रकाशमा आइसकेका छन्।

अहिलेको बेरोजगारीको मुख्य समस्या श्रम बजारको गलत नीतिलाई मान्न सकिन्छ। ओरालो लागेको अर्थतन्त्र त मूल कारण बनेको छ। त्यहाँ यसै कारण सन् २०२२ मा संघाईमा मात्र दुई लाख भन्दा बढी साना तथा मझौला उद्योग बन्द भए। सन् २०२३ सम्म यो नीति लिइएपछि चीनको अवस्था अझै धेरै खराब बन्दै गएको थियो।

यसको असर लामो समयसम्म पर्न सक्ने छ। यो समस्याका कारणले श्रम बजारको आपूर्तिको एउटा शृङ्खलालाई नै असर गर्ने छ। यो बेरोजगारी समस्यासँगै मानिसको काम गर्ने आदत र सीपमा समस्या देखिन थाल्ने छ। नयाँ पुस्तामा शिक्षाप्रतिको वितृष्णा फैलँदै गएको छ। यो वितृष्णका कारण पछिल्लो पुस्तामा राम्रो जनशक्तिको अभाव हुने निश्चित छ।

यसरी बढ्दै गएको गम्भीर समस्यामा राष्ट्रपति सीको कुनै चासो नभएको बताइन्छ। विभिन्न भाषणमा उनले युवाहरूमा इन्डुरेन्स शक्ति धेरै भएकाले मेहनत गरेर राष्ट्रपति बन्न सकिने कुरा बताउँदै आएका छन्।

सरकारले यसमा केही गर्न नै सकेको छैन। अहिले प्रशिक्षण गराउने नाममा धेरैलाई स्वयंसेवकको काम पनि गराउने नयाँ नीति सरकारले लिएको छ। अहिले ग्वानडोङमा धेरै युवालाई प्रशिक्षण दिइने नाममा स्वयं सेवा गराइँदै छ।

चीनमा ८० प्रतिशत रोजगारीको अवसर निजी क्षेत्रले सृजना गरेका छन्। सीको कार्यकालमा यसमा संकट आएको छ। अहिले चीनमा आएको छिन्न भिन्न अवस्थाले पछिल्लो पुस्ताको बजारमा चिनियाँ जनशक्ति कस्तो हुने भन्ने प्रश्न उब्जिएको छ। त्यहाँको युवा पुस्तामा छाएको निराशाको एउटा उदाहरण जेसन लु हुन्। उनले घरमै स्वअध्ययन गरेर स्नातकोत्तर गरेका थिए। उनको विद्यावारिधिमा कुनै चासो नै छैन। उनी सानो तहको जागिरे जीवन बिताइ रहेका छन्।

गत वर्षको अध्ययनमा चीनमा काम गर्ने उमेरका युवाले दुई दशमलव २६ अभिभावकलाई हेरचाह गर्ने अवस्था थियो। अहिले त्यो फेरिएको छ। सन् २०४० सम्ममा यही अवस्था रहेमा त्यो घटेर १ दशमलव २५ हुनसक्ने छ। युवा बेरोजगारीको बढ्दो उमेरका प्रौढको जीवनमा पनि प्रस्ट देखिन थालेको छ।
स्रोतः भ्वाइस अफ अमेरिका, ओएसए डट व, टाइम डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here