युथ अफ खुदुनाबारीले बनाइदियो लिङदम परिवारको घर

0
9

झापा । हात्तीले घर भत्काइदिएपछि आवास विहिन बनेको लिङदम परिवारलाई युथ अफ खुदुनाबारीले नयाँ घर बनाइदिएको छ ।
विभिन्न दाताहरुको सहयोगमा संस्थाले अर्जुनधारा नगरपालिका वडा नं। ३ कैदले निवासी पेलाबहादुर लिङदमको परिवारलाई आवास निर्माण गरेर हस्तनान्तरण गरेको हो ।


अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा घर हस्तनान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुख्य सहयोगी संस्था सहारा नेपालका प्रथम उपाध्यक्ष छविलाला खतिवडाले रिबन काटेर र घर निर्माण गरिदिने संस्था युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलाले घरको साँचो प्रदान गरेर घर हस्तनान्तरण गरेका थिए ।
स्थानीय सरकारकी प्रतिनिधि नगरउपप्रमुख पराजुलीले ब्यानर वाचन गरेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन् ।
अध्यक्ष सिटौलाले पेलाबहादुरकी श्रीमती प्रेमामाया लिङदमलाई घरको साँचो हस्तनान्तरण गरिन् । कार्यक्रममा घरमुली पेला बहादुरलाई सिटौलाले आवास हस्तनान्तरणको प्रमाण–पत्र प्रदान प्रदान गरे ।
घर निर्माण प्रतिवेदन प्रस्तुत गर्दै उनले पेला बहादुरको घर निर्माणमा ६ लाख ७ सय ७३।५४ रुपैयाँ खर्च भएको जनाकारी दिए ।
त्यस्तै दाताहरुबाट ५ लाख ८७ हजार ५७ रुपैयाँ संकल गरिएको बताउनुभयो । हाल १३ हजार ६ सय ५७ रुपैयाँ पैसा तिर्न बाँकी रहेको समेत सिटौलाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । सिटौलाले प्रस्तुत गरेको प्रतिवेदनमा घर निर्माणका लागि सहारा नेपाल साकोसले नगद २ लाख रुपैयाँ सहयोग गरेको उल्लेख छ । त्यस्तै अर्जुनधारा नगरपालिकाले ४३ हजार सहयोग गरेको छ भने नगद सहयोग गर्ने विभिन्न ५४ व्यक्ति तथा संस्थाहरु सार्वजनिक गरिएको थियो । घर निर्माणमा जिन्सी सहयोग गर्ने विभिन्न ३४ व्यक्ति तथा संस्थाहरुको समेत बिवरण सार्वजनिक गरिएको थियो । ३ वटा कोठा भएको नवनिर्मित घरको डिजाइनकालागि इन्जिनियर लक्ष्मी आलेले प्राविधिक सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ

घर निर्माणकालागि २ लाख रुपैयाँ नगद सहयोग प्रदान गर्ने संस्था सहारा नेपाललाई कार्यक्रममा सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो ।
त्यस्तै स्थानीय सरकार अर्जुनधारा नगरपालिका र अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालयलाई पनि सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । सो अवसरमा अध्यक्ष सिटौलाले देश–विदेशमा रहेर पेलाबहाखुर लिङदमको घर निर्माण अभियानमा जोडीएर नगद तथा जिन्सी सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
अर्जुनधारा नगरपालिकाका वडा नं। ३ का वडाअध्यक्ष सीताराम भट्टराईले पेलाबहादुर लिङदमलाई ढाकाटोपी लगाई दिएकाा थिए भने पेलाबहादुरकी श्रीमती प्रेममाया लिङदमलाई दोसल्ला ओढाई दिएका थिए ।
कार्यक्रममा अर्जुनधाराकी कार्यपालिका सदस्य चन्द्रा तामाङ, सहारा नेपालका संचालक सदस्य, भोला धिताल, निर्देशक लक्ष्मण खतिवडा, वडासदस्य नारायण चापागाई, किराँत धर्म तथा साहित्य उत्थान संघ झापाका अध्यक्ष लक्ष्मी योङहाङ, नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखाका अध्यक्ष मुकुन्द भण्डारी, कैदले खानेपानी उपभोक्ता समितिका अध्यक्ष ढुंण्डीराज गौतम, सुखानी सामुदायीक वन समुहका अध्यक्ष मंगलसिंह लिम्बू, कैदले पर्यापर्यटन उपाध्यक्ष दिपक दुलाल, फाल्गुनन्द मिङसो माङहिमका अध्यक्ष लक्ष्मी इङ्नाम लगायत विभिन्न संस्थाका प्रतिनिधि तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
संस्थाका सल्लाहाकार दिपक दुलालले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका सचिव आनन्ददेव कट्टेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here