अक्सनबाट ७ क्लवद्वारा १०३ जना खेलाडी अनुवन्धित

0
10

पथरीशनिश्चरे,

पथरीशनिश्चरेमा शनिवार चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको अक्सन सम्पन्न भएको छ ।

अक्सनबाट ७ क्लवले १०३ जना खेलाडी अनुवन्ध गरेका हुन् । तेश्रो संस्करणको प्रिमियर लिगमा सहभागी हिसाव किताब ट्राइडेन्स र मंगलवारे लिजेण्डले लिगबाट बाहिरीने निर्णय गरेपछि नयाँ क्लवका रूपमा गोर्खा लिजेण्डले भने पहिलो पटक सहभागिता जनाउदैछ।

देशमा हुने अन्य फ्रेन्चाइज क्रिकेटमा समेत सहभागी रहेका फिर्दाेस अन्सारी यस पटकको अक्सनमा महंगो खेलाडीका रुपमा रहे । सवै टिमको रोजाइमा रहेका फिर्दाेसलाई अघिल्लो संस्करणको विजेता टिम सातवाघले १४ हजार रुपयाँको वोलीमा भित्राउन सक्यो ।

यस संस्करणबाट प्रत्येक टिमले नगर बाहिरका ४ खेलाडीलाई अनुबन्धन गर्न पाउने नियम सुरु गरिएको छ । अक्सनको सुचीमा रहेका २३१ खेलाडी मध्ये दोश्रो मंहगो खेलाडी सुरज न्यौपाने बने । उनलाई विरेन्द्र नगर स्टिल टाइगरले १२ हजार रुपैयाँको वोली लगायो । न्यौपानेलाई पनि अघिकांश टिमले वोली लगाएका थिए ।

आइतबारे अस्त्रले मोहमद निसारलाई ८ हजार मोल लगाउँदा रोयल किङ्गले रोर्वट राईलाई ७ हजारमा अनुबन्धन गर्‍यो । क्लासिक एलाभेन हसन्दहले वुद्ध आले मगरलाई ५ हजार ४सय, वुद्ध युनाइटेडले भुपेन राईलाई ६ हजारमा अनुवन्धीत गर्‍यो । वुद्धले उमेर समुहमा राष्ट्रिय टिमबाट पनि प्रतिनिधित्व गरेका दिपेश कडेललाई ४ हजार २ सय रुपयाँमै टिममा भित्र्यायो । नव प्रवेशी गोर्खाले सोलोमन राईलाई ७ हजार ८ सय रुपायाँमा भित्र्याउन सफल भए ।

खेलाडीहरुलाई तिन वटा क्याटोगरी राखेर आधार मुल्य राखेर अक्सन गरिएको थियो । लिगका लागि रोयल किङ्ग,र आइतवारेले १६–१६ जना खेलाडी अनुवन्धन गर्दा सात वाघले १५ जना र वुद्ध युनाइटेड, विरेन्द्रनगर, हसहन्द र गोर्खाले समान १४ खेलाडी किन्न सफल भए ।

अक्सनका लागि हरेक टोलीलाई ५० हजार जम्मा ‘वालेट’ राखिएको थियो । खेलाडीलाई ए, बी र सी वर्गमा विभाजित गरि अक्सन गरिएको थियो। पथरीशनिश्चरे नगरभित्रका क्रिकेट खेलाडीको खेल स्तरवृद्धि गर्न र नगरभित्रबाट क्रिकेट प्रतिभा खोज्न सुरू गरिएको लिगको यो चौथो संस्करण हो । यस अघिका संस्करणमा नगर भित्रका खेलाडी मात्र सहभागी हुदै आएको छ। यस पटकदेखि देशभित्रका खेलाडीलाई समेत अक्सनमा सहभागी गराइएको छ । एक टिमले ४ जना नगर वाहिरका खेलाडीलाई अनुवन्धन गर्न पाउने छन् भने २ खेलाडीलाई प्लेइङ एलाभेनमा सहभागी गराउन सक्ने छ ।

अघिल्ला तिन संस्करणमा पहिलो रोयल किङ्स र दोस्रो र तेश्रो सात वाघले उपाधि जित्न सफल भएका थिए । लिग कार्तिक १० देखि कात्तिक २३गते सम्म सञ्चालन हुनेछ । पथरी रंगशालामा हुने प्रतियोगीताको ट्रफि समेत शनिबार प्रर्दशन गरिएको थियो । पथरीशनिश्चरे नगरका प्रमुख मोहन तुम्वापोले शनिवार आयोजित अक्सन कार्यक्रममा सो ट्रफि प्रर्दशन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here